Skip to main content

गगन र विश्वप्रकाशहरुको जितः पार्टी घेराभन्दा माथि उठेको उत्साह


 

काठमाडौं- अमृत दाहाल

२०४६ सालको राजनीतिक परिवर्तनपछि उदाएका नेताहरु मुलुककै पूरानो दल नेपाली कांग्रेस हाँक्ने ठाउँमा पुगेका छन्। समग्र पार्टीको रुपान्तरण र पुस्तान्तरणको नारा दिँदै महाधिवेशनको चुनावी अभियानमा होमिएका थिए गगन थापा र विश्वप्रकाश शर्मा। उनीहरुको जित र पाएको लोकप्रियताले नेपाली कांग्रेसमा मात्रै नभई मुलुकभर नै उत्साह छाएको छ।

मुलुकका प्रमुख राजनीतिक दलमा शीर्ष नेतृत्व र निर्णायक भूमिकामा रहेका नेताहरु कहिल्यै पनि परिवर्तन नहुने र सधैं यथास्थितिमै रहने नियति भोगिरहेको अवस्थामा नेपाली कांग्रेसमा आएको यो परिवर्तनले राजनीति अब नयाँ कोर्षतर्फ मोडिने संकेत पनि गरेको छ। यसका साथै दलहरुले उठाउने मुद्दाहरुमा पनि नयाँ मोड आउने आशाका किरण देखा परेका छन्। नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा मात्रै होइन, सर्वसाधारणमा पनि उत्साह भरिएकाे छ।

पूर्वअर्थमन्त्रीसमेत रहेका देवेन्द्रराज पाण्डेले शुक्रबार बिहानै ट्वीट गरे–धेरैपछि बिहान उठ्दा मन अलि चंगाजस्तो भएको अवस्था। पक्कै पनि नेकाको निर्वाचन र पदाधिकारी चयनले देखाएको आश र हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रमा लोकतन्त्रको सार्थकता र भविष्य सुरक्षित हुने सम्भावना बढेको देखेर त होला। लौ है।’ उनले यो सम्भावनालाई निराश नबनाउन पनि दुवै नेतालाई आग्रह गरेका छन्।

कांग्रेसको यो महाधिवेशन जनभावनाको सही प्रतिविम्ब लागेको छ राजनीतिक विश्लेषक कृष्ण खनाललाई। उनी भन्छन्, ‘गगन र विश्वप्रकाशको विजय कांग्रेस महाधिवेशनको सर्वोत्कृष्ण नतिजा। जनभावनाको सही प्रतिबिम्ब पनि।’

पूर्वसचिव चन्द्र घिमिरे प्रविधि प्रयोगमा चिप्ले पनि प्रजातान्त्रिक अभ्यास र युवा पुस्तालाई नेतृत्वमा पठाउनमा नेपाली कांग्रेस अब्बल देखिएको बताउँछन्। उनले सुझाएका छन्, ‘नीति र अभ्यासमा सुशासनसहित खसो उत्रिन सकोस्।’

उनीहरुको जितमा कांग्रेसका मात्रै होइन, समकालीन विपक्षी दलका नेताहरुले पनि बधाइ दिइरहेका छन्। एमालेका राजन भट्टराई, योगेश भट्टराई दुवैले थापाले पनि दुवै जनालाई बधाइ दिएका छन्।

कांग्रेसमा पुस्तान्तरण सुरु भएकोमा खुसी हुने यस्ता वर्ग छन्, जो कांग्रेस होइनन्। लेखक तथा वामपन्थी नेता हरि रोकाले भनेका छन्, ‘हार्दिक बधाइ र भव्य शुभकामना छ धनराज गुरुङ, गगन थापा र विश्वप्रकाश शर्मालाई, मनै फुरुङग भएको छ।’

पत्रकार राजेन्द्र दाहालले पनि यही कुरालाई औंल्याएका छन्। ‘नेपाली कांग्रेसको अहिलेसम्मको चुनाव परिणामले कांग्रेसजनमा मात्र नभएर आम नेपालीमा समेत उत्साह पैदा गरेको छ, त्यसमा पनि गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा र पूर्णबहादुर खड्काको विजयले मानिसहरुलाई विशेष खुसी र सन्तोष प्रदान गरेको देखिन्छ, सबै मित्रहरुमा हार्दिक बधाइ र शुभकामना।’

बिहीबार विजयी घोषणापछि बधाइ दिन आयोजित कार्यक्रममा पनि गगन थापाले आफूलाई ‘गैरकांग्रेसी’ पंक्तिको पनि ठूलो शुभेच्छा रहेको बताएका थिए। उनले भनेका थिए, ‘कांग्रेसको सदस्य नहुनुभएको आमनागरिकको पंक्तिबाट पनि जुन सदभाव मैले पाएँ, आमनिर्वाचनजसरी एसएमएस गरेर सोध्नुभएको छ, फोन गरेर हामी कांग्रेस होइन तर पार्टीको महाधिवेशनमा हाम्रो रुची छ भन्नुभएको छ। हामीहरुको पुस्ता कांग्रेसको नेतृत्वमा आइसकेपछि कांग्रेसले आजसम्म गर्न नसकेका तर गर्नुपर्ने कामहरु गर्ने तपाईंहरुको अपेक्षाअनुसार यो पार्टी तपाईंको पनि बनाउनेछौं। यो पार्टीसँग जोडिन मन लाग्ने बनाउनेछों। २१ औं शताब्दिको नेपाललाई हाँक्नसक्ने पाटी बनाउनेछौं। तपाईंहरुको विश्वास डग्मगाउन दिनेछैनौं।’

कांग्रेस गगन र विश्वप्रकाश जुन ऊर्जा लिएर मैदानमा उत्रिए र जित हासिल गरे पनि। अब उनीहरुका सामु आफूहरुले भनेजस्तै कांग्रेसलाई रुपान्तरण गरेर देखाउने चुनौती अगाडि छ। कांग्रेसभित्र यो या त्यो समूह, गुटका नाममा अन्याय हुन नदिने, शुद्ध र सुदृढ बनाउने, विधि र विधानअनुसार चल्ने बनाउने र आमजनतासँग अन्तर्क्रिया गर्ने कांग्रेस बनाउने चुनौती पनि छ।

थापाले बिहीबार सानेपामा पनि भने, ‘अब एकदिन पनि चुक्ने, बिग्रने सुविधा छैन। चार वर्षका लागि धेरै पाएको मतबाट जिम्मेवारी पनि धेरै पाएको छु, त्यसलाई परिपक्व हिसाबले अगाडि बढाउनेछु।’

विश्वप्रकाशले पनि आफूहरुको विजय कुनै व्यक्ति या गुटको नभई सिंगै कांग्रेसलाई रुपान्तरण गर्ने सुरुवात हो भनेका छन्।

तर, पार्टीभित्र रुपान्तरण मन पराउनेहरुको समूह पनि छँदैछ। विश्वप्रकाश, गगन, धनराजहरुको ऊर्जामा भाँजो हाल्ने प्रयास पनि हुनसक्ने सम्भावना छ। कृष्ण सिटौलाको समूह अब अस्तित्वमा नरहेको बताइए पनि सिटौलाले राजनीतिबाट ‘सन्यास’ लिइसकेका छैनन्। देउवाका राजनीतिक कमाण्डर मानिएका र हरदम साथ दिने पूर्णबहादुर खड्काले उपसभापतिमा जितेका छन्। ८ सहमहामन्त्रीमध्ये देउवासमूहका ६ जनाले जितेका छन्। केन्द्रीय सदस्य निर्वाचनको परिणाम आउन बाँकी रहे पनि विधानले सभापतिलाई ३३ जना मनोनित गर्ने अधिकार दिएको छ। यसले पनि उनलाई केन्द्रीय कार्यसमिति आफूअनुकूल बनाउने अवसर हुनेछ। यसकारण गगन र विश्वप्रकाशले जिते पनि देउवाले आफू हाबी हुने मनसाय राख्न सक्न सक्छन्।

लेखक गोविन्द अधिकारी भन्छन्, ‘गगन र विश्वप्रकाशले जितेकोमा कांग्रेसजन उत्साही देखिए। निराश हुन धेरै समय लाग्ने देख्दिनँ। देउवाले यिनलाई बाहिरबाहिर घुमाइदिन्छन्। हेरिरहनुस्, उनले भनेजस्तो हुने भएन भने बैठकै बोलाउने छैनन्।’

तर दोस्रो कार्यकाल देउवाका लागि पहिलोजस्तो भने अवश्य हुनेछैन। अबको कार्यसमितिमा गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डेजस्ता नयाँ पुस्ता समेटिएका छन्। अझै यस्ता थुप्रै नयाँ पुस्ता केन्द्रीय समितिमा आउने सम्भावना छँदैछ। उनीहरुले पार्टीलाई विधि र विधानअनुसार चलाउन नेतृत्वलाई बारम्बार घच्घच्याइरहनेछन्। विकृति र विसंगति भित्रिन दिनेछैनन्। पार्टीलाई आमनागरिकको तहसम्म लैजानेछन् र आगामी तीनै तहका निर्वाचनमा पार्टी पुनः त्यही अवस्थामा लैजानेछन्, जुन बहुदलीय व्यवस्था पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचनका बेला थियो।

Comments

Popular posts from this blog

Sanghiya Samajbadi Party formed under Rai

KATHMANDU, NOV 22 - The crusaders of federalism based on single identity on Monday announced the formation of a new party under the leadership of former CPN-UML Vice Chairman Ashok Rai. The new party Sanghiya Samajbadi Party was announced at a programme organised at a function organised at New Baneshwor in the Capital. Most of the leaders and cadres of the new party are from the UML and some are also from the Nepali Congress. The 98-member central ad hoc working committee includes eight vice chairmen, one general secretary, three deputy general secretaries and five secretaries. Bijaya Subba, Durga Mani Dewan, Prem Krishna Pathak, Bir Bahadur Lama, Rakanm Chemjong, Hemraj Rai, Mohammad Rijwan Ansari and Gopal Thakur have been appointed as the vice chairmen for the party whereas Rajendra Shrestha is the general secretary. Likewise, Ajambar Rai Kangmang, Radha Timilsina and Norsang Lama are the deputy general secretaries while Mina Gurung, Horilal Ch

Kaliprasad Rijal, Senior Lyricist

 It's interview time : Moment of interview with Kaliprasd Rijal.His famous songs are, BIHANA UTHNE BITTIKAI, JHAREKO PAT JHAI BHAYO, CHARI LE TA CHHADERA GAIHALI, etc. Most of his songs were sang by Narayan Gopal, famous singer of nepal.  Remembering his old days  Young kaliprasad, with his wife  Searching his old photos  Photo pose with legend lyricist  Kaliprasad in his office IT'S ME