Skip to main content

Posts

Showing posts from April, 2009

कथा

सुकेको रुख गौरव कोठामा एक्लै बसेर चुरोट पिइरहेको थियो चुरोटको धुवाले कोठा गुम्म पर् यो एकछिन । झ्यालको कापबाट पसेको घामको किरण र धुँवाको जम्काभेट हुदा एउटा अनौठो आकृति बन्यो । गौरबले फु गरेर आकृतिमा धुँवा फाल्यो आकृति रङमङिएर कता बिलायो कता एकछिनसम्म हेरिरह्यो उसले तर अँह आकृति बन्न सकेन फेरि । घरक्क ढोका उघि्रएको आवाज आयो जीवन भित्र पस्यो र सरासर गौरवनजिकै बस्यो । तँ आइस् गौरबले झ्यालमा अल्झिएको धँुवातिर हेर्दै सोध्यो । अँ आएँ अनि तेरो के चाला नि यस्तो चुरोटको धुँवाले टाउकै दुखायो । जीवन यता हेर्- गौरवले एकपटक चुरोटको लामो सर्को लिएपछि झ्यालतिर फाल्दै भन्यो । तर जीवनले उत्तर नफर्काउदैं गौरवले भन्यो-यता हेर् त त्यो झ्यालमा एउटा मान्छे जस्तै बन्यो यो धुँवा । खै वाहियात जीवनले खासै चासो नदिएजसरी भन्यो । ए जीवन ल अब हेर् त्यो मान्छे- गौरबले एकपटक अघि जसरी फुकेर भन्यो- अब मान्छे छैन । जीवन अघिदेखि छक्क परिरहेको थियो गौरवको यस्तो कुरा सुनेर उसले हतपत झ्याल खोलिदियो । झ्यालबाट बिछ्यौनामा न्यानो घाम पस्यो चुरोटको धुँवाको अब कतै कतै शेषमात्र बाँकी थियो । गयो त्यो धुँवा पनि नामोनिसान बाँकी छैन

कथा

युनिकआत्महत्या उ आत्महत्या गर्न चाहन्थ्यो, अर्थात् उसलाई कसैगरी यो संसारमा बसिरहन मन थिएन । अर्थात् उ इहलिला समाप्त गर्न चाहन्थ्यो परमात्मामा जान चाहन्थ्यो । जे भनेपनि उसलाई मर्न मन थियो । तर मर्ने कसरी उ उपयुक्त उपायको खोजीमा थियो- युनिक तरिकाले आत्महत्या गर्न चाहन्थ्यो परम्परागत तरिका उसलाई मन परेको थिएन । विषपान गरेर मर्नु परम्परागत तरिका हो तर त्यो ठिक होइन उसको तर्क थियो- विष खाएपछि पेटमा असैह्य दर्द हुन्छ उस्तै परे रगत छादिन्छ छट्पटिइन्छ त्यो आफैैंले आफैंलाई यातना दिनु हो। यातना दिनु भनेकेा मानव अधिकार हनन गर्नु हो जुन उसको सिद्धान्तले दिदैंनथ्यो किनकी उ मानवअधिकार वादी कार्यकर्ता पनि हो । उ आफ्नै मानव अधिकार हनन गर्ने पक्षमा उ थिएन । अर्को परम्परागत तरिका मटिट्तेल खन्याएर आगो लगाउनु हो भन्ने उसलाई थाहा छ त्यसले पनि यातना दिन्छ । झन् अहिलेको जमानामा मट्टितेल पाउन कम्ता गार् हो हुन्न मट्टितेल उस्तै महंगो झन् लाइन बस्न उस्तै गार् हो । उ यस कारणले पनि यो उपायका विरुद्धमा छ । धारिलो हतियार प्रयोग गर्नु जानाजान दुर्घटनामा पर्नु या अग्लो ठाउबाट हामफाल्नु झुण्डिनु सबै परम्परागत तरिका हु