Skip to main content

Posts

Showing posts from February, 2010

को हो जिम्मेवार ?

यो देशमा जिम्मेवार को हो ? प्रधानमन्त्री उपप्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्मका अभिव्यक्तिले यही प्रश्न उब्जाइरहेको छ । देशको संविधानले कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई मानेको छ यसहिसाबले पनि देशका सबैभन्दा महत्वपूर्ण र अधिकारप्राप्त व्यक्ति पनि प्रधानमन्त्री नै मानिन्छन् । संवैधानिक परिषद्सम्मका प्रमुख नै प्रधानमन्त्री छन् । उनले सुरक्षा निकायदेखि मन्त्री र प्रशासनसम्मलाई विशेष निर्देशन दिन सक्छन् । तर उनै कार्यकारी अधिकारप्राप्त व्यक्तिले दिएको निर्देशन कार्यान्वयन भयो कि भएन कसैलाई थाहा छैन । यतिसम्मकी चितवनको सौराहामा साप्ताहिक पाक्षिक सन्जालको केन्द्रीय भेलामा भाग लिन जाँदा प्रधानमन्त्री चढेको गाडीमाथि लक्षित गर्दै ढुंगा प्रहार भयो ढुंगाबाट प्रधानमन्त्रीको गाडीमा समेत सामान्य क्षति भयो । प्रधानमन्त्रीले त्यतिखेर भनेका थिए दोषीमाथि कारवाही हुन्छ आफूमाथि आक्रमणको रिस पोख्दै प्रधानमन्त्रीले माओवादीको गतिविधि यस्तै रहे लिट्टेजस्तै समाप्त हुने अभिव्यक्ति दिएका थिए । त्यस्तै गत मंसिर २३ गते रुकुममा पत्रकार टीका विष्टमाथि आक्रमण भयो मोडल अस्पतालमा विष्टलाई भेटिसकेपछि प्रधानमन्त्रीले त्यह