Skip to main content

Posts

Showing posts from January, 2022

नारायणी किनारमा उत्रिएको एमाले

अमृत दाहाल/चितवन  – प्रदुषणका कणहरूले बाक्लिएको हुस्सु र तुँवालोले बिहानैदेखि आकाश छोपिरहेको थियो। चितवनको नारायणी किनारभरि छरिएको हुल पारिको बलौटे बगरमा उभिएको मञ्च स्पष्ट देखिरहेका थिएनन्। नीलो हुन थालेको नारायणीमाथि बाक्लिएको तुँवालो छिचोल्दै कार्यकर्ताको हुल एकैछिनमा पुल र बगरभरि बटुलियो। शुक्रबार दिनैभरि त्यही फोहोरी हुस्सु र तुँवालोसँग लुकामारी खेलिरह्यो ‘सूर्य।’ एमाले अध्यक्ष केपी ओलीको सम्बोधन हुनै लाग्दा उद्घोषक प्रदीप ज्ञवालीले एउटा भिडियो देखाउने घोषणा गरे। सबैको ध्यान मञ्चको छेउमा राखेको ठूलो पर्दामाथि खिचियो। ८ मिनेटको त्यो भिडियोमा केही दृश्यहरू थिए। जसमा ओलीकै जयजयकार थियो अनि एमालेको प्रशंसाले भरिएका शब्दहरू थिए। वृत्तचित्रमा ओलीले आफ्नो कार्यकालका उपलब्धी भनेर दाबी गरिएका फेहरिस्त थिए। जसमा वृत्तचित्रका भ्वाइसओभरकर्ताले ‘ल भन्नुस् त’ भनेपछि दर्शकदीर्घाका नेता–कार्यकर्ता ठूलो स्वरमा भन्थे– केपी ओली। केपी ओली। आफ्नो प्रशंसाले भरिएको वृत्तचित्र सकिएपछि माइकअगाडि उभिएका ओली नारायणी पुलसम्म फैलिएको नेता, कार्यकर्ता र रमितेहरूको हुल देखेपछि निकै हौसिए। करिब एक घण्टाको भाषणमा

एमालेको चितवन महाधिवेशनसँग किन झस्किरहेछन् प्रचण्ड?

अमृत दाहाल/   काठमाडौं  तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ असार २९ गते भानु जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा भगवान रामको राज्य अयोध्या भारतमा नभई नेपालमै भएको दाबी गरे। उनले उक्त कार्यक्रममा भनेका थिए, ‘हामी अहिले पनि ठानिरहेका छौं, हामीले सीता भारतका राजकुमार रामलाई दियौं, भारतका होइन, अयोध्याका रामलाई दिएका हौं हामीले। अयोध्या भनेको वीरगन्जभन्दा पश्चिमपट्टीको गाउँ हो।’ त्यसपछि उनले रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा नै भएको भन्दै त्यहाँ अस्थायी मन्दिर निर्माण गरी राम,लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गर्न निर्देशन दिए। त्यसपछि निकै तामझामका साथ त्यहाँ मूर्ति स्थापना गरियो। प्रधानमन्त्री निवास बालुवाटारमा राम–सीताका मूर्तिहरुसँग तत्कालीन प्रधानमन्त्री केपी ओली चितवन क्षेत्र नम्बर ३ मा पर्ने माडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनाव क्षेत्र हो। ओलीले माडी राम जन्मभूमि भएको त्यतिबेला गरेका थिए, जतिबेला तत्कालीन नेकपामा प्रचण्डसँगको टक्कर उत्कर्षमा पुगेको थियो। अझ महाधिवेशन तयारीका क्रममा माडीमै पुगेर ओलीले माडी क्षेत्रको विकासको जिम्मा आफूले

गणकका दुःख : कसैले भिडियो खिचेर भाइरल बनाइदिन्छन्, कसैले लखेट्ने धम्की दिन्छन्

अमृत दाहाल/   काठमाडौं  राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले मंगलबार फेसबुकमा लेखे–जनगणना गर्दा ख्रिस्टियन समुदायप्रति शंकास्पद व्यवहार गरिएको विशेष स्रोतबाट बुझिएको हुँदा यस विषयलाई महासंघले गम्भीरताको रुपमा लिएको छ। तसर्थ यहाँहरुको घर, समुदाय वा चर्चमा गणक जनगणना गर्न नआएमा वा धर्मको महलमा ख्रिस्टियनहरुको कोड लेख्न नमानेमा महासंघका पदाधिकारी तथा स्थानीय ठाउँको वडाध्यक्ष र गणकको नामसहित तुरुन्त जानकारी गराउन अपिल गर्दछौं।’ चार दिनअघि उनैले एक भिडियोमार्फत् गणकले पेन्सिलले लेखे त्यसलाई अस्वीकार गर्न आग्रह गरेका थिए। ००० फ्नो घरमा आएकी गणकलाई एक उत्तरदाता महिलाले र्‍याखर्‍याख्ती पारेको भिडियो भाइरल भइरहेको छ। भिडियोमा उत्तरदाता महिलाले पुर्खाको भाषा नेपाली लेखेको भन्दै भनेकी छन्, ‘हाम्रो पुर्खाको भाषा संस्कृत हो, कोड ७९ हो, मैले संस्कृत भन्दाभन्दै तपाईंले नेपाली लेख्नुभयो। यसरी गल्ती गर्न त भएन नि, तपाईंहरु बच्चा हो, तपाईंहरुले जान्नु भएको छैन भने हाम्रो पुर्खाको भाषा संस्कृत नै हो।’ भिडियाेकाे एक दृश्य। उत्तरदाता महिला भन्छिन्, ‘तपाईं यस्तै गर्नुहुन्छ भने म गाउँलाई उठाएर

यसरी ढलेको थियो ३२ वर्षअघि बर्लिनको पर्खाल

अमृत दाहाल/   काठमाडौं -  दोस्रो विश्वयुद्ध समाप्त भएपछि बर्लिन सहरको स्थिति अचम्मको बनेको थियो। यो सहरलाई चार मुलुकले नियन्त्रणमा लिएका थिए। ती थिए–सोभियत संघ, अमेरिका, बेलायत र फ्रान्स। सन् १९४८ मा एक अलग देश पश्चिमी जर्मनीलाई अस्तित्वमा ल्याउने प्रयास गरियो। तर त्यसमा स्टालिन असहमत थिए। स्टालिनले बदला लिनका लागि आफ्नो क्षेत्रसँग जोडिएको पश्चिमी बर्लिनको भागलाई पश्चिमी जर्मनीसँग अलग गरिदिए। अवस्था यस्तो बन्यो कि पूर्वी जर्मनी आसपास क्षेत्रका लागि पश्चिमी बर्लिन स्थायी रुपमा घाँटीको हड्डी बन्यो र १३ अगष्ट १९६१ मा रातारात अवस्था नाटकीय रुपमा परिवर्तन भयो। बर्लिन पर्खाल १३ अगष्टको बिहानै १ बजे पूर्वी जर्मनीका सीमा प्रहरी र सशस्त्र बल सोभियत संघको नियन्त्रणमा रहेको क्षेत्रको सीमामा तैनाथ गरिए। अर्कोतर्फ थिए अमेरिका, बेलायत, फ्रान्स र पश्चिमी बर्लिनका प्रहरी। पूर्वी जर्मनीतर्फ ठूलो संख्यामा काँडेदार तार लगाउन सुरु गरियो। कंक्रिटका पोल रातारात ठड्याइए। यहाँसम्मकी बिजुलीको खम्बा पनि घेराबन्दीमा परेको थियो। चार दिनपछि पूर्वी जर्मनीले कंक्रीटको स्थायी पर्खाल निर्माण गर्न सुरु गर्‍यो। यही नै थ

केरुङमा सामान रोकेर सरकारलाई ‘तर्साउन खोज्दै’ चीन

अमृत दाहाल/   काठमाडौं -  २०७७ भदौमा नेपाली कांग्रेसको एक टोलीले हुम्लामा सीमा अतिक्रमण भएको दाबी गर्दै प्रतिवेदन सार्वजनिक गरेपछि चीन निकै रुष्ट भयो। नेपालस्थित चिनियाँ दूतावासले कांग्रेसलाई पत्र लेखेरै विरोध जनायो। त्यसको एक वर्षसम्म नेपाल–चीन सीमा विवाद त्यति चर्चामा आएन। तर शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्ययन समिति बनाएपछि यो विवाद पुनः ब्युँतियो। गत भदौ १६ को मन्त्रिपरिषद् बैठकले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा देखिएका समस्या अध्ययन गर्न समिति गठन गर्‍यो। समितिले स्थलगत अध्ययन गरेर सरकारलाई रिपोर्ट पनि बुझाइसकेको छ। तर रिपोर्ट सार्वजनिक भएको छैन। उक्त समिति गठनपछि चीनले पुनः विरोध जनायो र दुई देशबीचको सीमा सन् १९६० को दशकयता विवादरहित रहेको दाबी गर्‍यो। नेपाली कांग्रेससँग रुष्ट चिनियाँ दूतावासको सक्रियता अहिले कांग्रेसनेतृत्वकाे सरकार भएका बेला तुलनात्मक रुपमा निकै कम छ, जति नेकपाको एकता जोगाउन राजदूत हाउ यान्छी सक्रिय थिइन्। त्यतिखेर उनले राष्ट्रपति, प्रधानमन्त्री, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाललाई भेटेर नेकपा एकतालाई जोगाउने असफल प्रयास गरेकी थिइन्। न

त्यो गलत सूचना, जसले इराक तहसनहस बनायो

अमृत दाहाल/काठमाडाैं   सन् १९९१ मा इराकले कुवेतमाथि हमला गर्दा अमेरिकाले कुवेतलाई साथ दियो। ज्वाइन्ट चिफअफ स्टाफ थिए कोलिन पावेल। त्यतिबेला उनले इराकी सेनाका विषयमा दिएको अभिव्यक्ति निकै चर्चामा थियो। उनले इराकलाई चाँडै पराजय गर्ने भन्दै भनेका थिए–वी आर गोइङ टु कट इट अफ अफ, एण्ड देन वी आर गोइङ टु किल इट।’ खाडी युद्धका बेला चलाएको ‘अपरेशन डेजर्ट’ र व्यापक रुपमा प्रयोग गरिएको सैन्य शक्तिले चाँडै नै इराकी सेनामाथि अमेरिकाले विजय प्राप्त गर्‍यो। उनको रणनीतिलाई ‘पावेल सिद्धान्त’ का रुपमा त्यसपछिका वर्षमा अमेरिकी सुरक्षा रणनीतिमा पनि समावेश गरियो। इराकका विषयमा दिएको यस्तो खालको अभिव्यक्ति र त्यसपछि इराकी नेता सद्धाम हुसेनमाथिको विजयले उनलाई अमेरिकामा निकै चर्चित बनाएको थियो। उनी एक हिसाबले घरघरै नाम लिइने व्यक्ति बनेका थिए। तिनताका उनी यसहिसाबले पनि प्रख्यात थिए कि सेनामा ज्वाइन्ट चिफ अफ स्टाफ बन्ने उनी पहिलो काला जातिका व्यक्ति थिए भने उमेरको हिसाबले पनि सबैभन्दा कम उमेरमा यो पदमा पुग्ने पहिला व्यक्ति। उनी त्यतिबेला ५५ वर्षका थिए। तर एक दशकपछि नै उनको त्यो व्यक्तित्वमा कालो धब्बा लाग्यो। क

किन आनाकानी गरिरहेको छ भारत इपीजी प्रतिवेदन बुझ्न?

अमृत दाहाल/   काठमाडौं  सन् १९५० को नेपाल–भारत सन्धीलगायतका विषयमा हेरफेर या पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्तिहरुको समूह (इपीजी)ले २०७५ असार १५ र १६ मा काठमाडौंमा नवौं बैठक गरी साझा प्रतिवेदन तयार पार्‍यो। त्यतिबेला भनिएको थियो–पहिले भारतीय प्रधानमन्त्री र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइनेछ। त्यसपछि इपीजीका दुवै देशका प्रतिनिधिको संलग्नतामा पत्रकार सम्मेलन गरेर प्रतिवेदनबारे जानकारी गराइनेछ। त्यसो भनेको पनि तीन वर्ष बितिसकेको छ। त्यसपछि न भारतले प्रतिवेदन बुझ्न चासो देखाएको छ, न नेपालका तर्फबाट भारतलाई बुझ्न दबाब नै। भारतले लोकसभा निर्वाचन, भारतीय प्रधानमन्त्रीको कार्यव्यस्ततालगायतका कारण देखाएर प्रतिवेदन बुझ्न अस्वीकार गरिरहेको छ। यतिखेर इपीजी प्रतिवेदन अलपत्र बनेको छ। ‘प्रतिवेदन दराजमा थन्किएजस्तो छ, प्रतिवेदन तयार भएकै ४ वर्ष पुग्न थालिसक्यो, यसैबाट बुझ्नुपर्छ भारत यसलाई अगाडि बढाउन चाहँदैन,’ परराष्ट्रविद् डा मदन भट्टराई भन्छन्। किन बन्यो इपीजी? इपीजीको बिजारोपण तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको कार्यकालमा भएको थियो। डा भट्टराई ३ कात्तिक २०