Skip to main content

Posts

Showing posts from February, 2011
My World : Aarthik, Sangita and Me (Location: Inside the National Zoo, Lalitpur)

आंखाले देख्न सक्नेहरुलाई चुनौती ! नेपालका दृष्टिविहीन बैज्ञानिकको चमत्कार !!

आंखाले देख्न सक्नेहरुलाई चुनौती ! नेपालका दृष्टिविहीन बैज्ञानिकको चमत्कार !!

पत्रकारिता शिक्षणका भीष्मपितामह

तीन दशकदेखि पत्रकारिता अध्यापनलाई कार्यक्षेत्र बनाउँदै आउनुभएका सह-प्राध्यापक लालदेउसा राई -लालध्वज देउसा राई) लाई नेपाली पत्रकारिता अध्यापनका भिष्मपितामह भन्दा फरक नपर्ला 'पत्रकारिता भनेको त पढ्ने विषय हो र गर्ने पो हो त' भन्ने कालखण्डमा राई भने 'पत्रकारिता पढेर गरिनुपर्छ' भन्दै त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताको अध्ययन-अध्यापनमा होमिनुभएको थियो । वि.सं. २०३३ मा राईकै नेतृत्वमा नेपालमै पहिलोपटक रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषयको अध्ययन शुरु भएको थियो । अहिले सोही क्याम्पसमा पत्रकारितामा स्नातक हुँदै स्नातकोत्तरसम्मको अध्यापन हुने गर्दछ । त्यसैको सिको गर्दै अहिले अन्य विश्वविद्यालयले विभिन्न तहमा पत्रकारिता अध्यापन गरिरहेका छन् भने विद्यालयस्तरमा पनि अध्यापन शुरु भएको छ । कोलकाता विश्वविद्यालयबाट पत्रकारितामा पोष्ट ग्राजुयट र कानुनमा स्नातक गर्नुभएका राईको जन्म सन् १९३३ मा सिक्किममा भएको हो । पुख्र्याैली थलो खोटाङको देउसा भएपनि उहाँको हजुरबा तत्कालीन सिक्किम सरकारको सेवामा हुनुहुन्थ्यो । उहाँको पिता सिक्किममै इन्जिनियर हुनुहुन्थ्यो ।