Skip to main content

Posts

Showing posts from October, 2009

कथा

परिवर्तन मुसलधारे पानी पर्दापर्दै गाउँमा एक्कासी पैर् हो गयो । चारैतिर कोलाहल मच्चियो । मानिसहरु भागाभाग गरिरहेका थिए । आफ्नो मान्छे कसको अवस्था के भयो कसैले भेउ पाउन सकिरहेको थिएन । गोठका गाइबस्तु ड्वाँ-ड्वाँ गरेर कराइरहेका थिए । अघि भर्खर लहलह फलिरहेको छेवैको खेत बगरमा परिणत भएको थियो । रामचन्द्रले यताउति हेर् यो बाआमा थिएनन् साना भाइबहिनी पनि थिएनन् । कहिल्यै नभएको र एक्कासी आइपरेको यस्तो विपत्तिले रामचन्द्र विलखबन्दमा पर् यो निकै आत्तियो चिच्याएर बोलाए बाआमालाइ कतै भेटिइहाल्छन् कि जस्तो लाग्यो उसलाई र करायो पनि- ए बा…ए आमा॥ ुरामचन्द्र ए रामचन्द्रुनजिकै सुतेको प्रदीपले दुई-तीनपटक बोलाएपछि रामचन्द्र झल्याँस्स भयो उ मध्य दुबई शहरको एउटा कोठामा सुतिरहेको थियो उसको साथी प्रदीप उपट्टि चकित भएर हेरिरहेको थियो । सुन्दरनगरबाट आएर दुबईमा रोजगारी गरिरहेको रामचन्द्र सपना देख्दा अनायसै चिच्याएको थियो ।ुके भयो किन चिच्याएको ु प्रदीपले सोध्योकेही होइन त्यत्तिकै- निद्राले झुलिरहेको रामचन्द्र कुरा गरिरहने मुडमा थिएन । ुह्या के भो भन्नु प्रदीपले कर गर् यो ।ुकेही होइन गुराँसे डाडाबाट पैर् हो आएर सुन