Skip to main content

Posts

Showing posts from November, 2009

हराएको परिचय

सबैले उसलाई अनौठो हिसाबले हेरिरहेका थिए यसरी हेरिहेका थिए कि मानौं उ अर्कै ग्रहबाट आएको प्राणी हो । किन कि उसको हातमा तस्वीर थियो त्यो तस्वीर उसको आफ्नै थियो । ुयो मान्छेलाई देखेका छांै ु बाटोमा भेटिएका जतिलाई उसको प्रश्न हुन्थ्यो । जब मानिसले उत्सुकताबस फोटो हेर्थे अनि नाकमुख खुम्च्याउदैं आफ्नो बाटो लाग्थे । मानिसहरुले किन आफ्नो प्रश्नको जवाफ दिदैंनन् र नाकमुख खुम्च्याएर हिड्छन् भन्ने उसलाई मतलब थिएन उ त मात्र आफ्नो प्रश्नको जवाफसंग मतलब थियो । प्रश्नको उत्तर खोज्न थालेको कति समय भयो भन्ने बारेमा पनि उसलाई थाहा भएन । उसलाई देख्नेहरुलाई मात्रै थाहा थियो उ यसरी भौतारिन थालेको समय । शुरुदेखि नै उसलाई सडकमा देख्नेहरुले भन्न सक्थे । तर मानिसहरुले मुख बाधेका थिए । कोही पनि उसको प्रश्नको जवाफ दिन चाहदैंनथे । एक दिन अचानक उसको अगाडि एउटा भलाद्मी उभियो । तिमी को हौ र भलाद्मीको प्रश्न थियो । उ अक्मकायो धेरैबेरसम्म पुर्पुरोमा हात राखेर उभिइरह्यो । भलाद्मीले पुनः प्रश्न गर् यो तिम्रो नाम के हो यसपटक पनि उसको जवाफ आएन । भलाद्मीले उसको फोटो र उसको अनुहारलाई धेरैबेरसम्म हेरिरह्यो । उ बोल्न खोज्थ्यो