Skip to main content

Posts

Showing posts from August, 2015

यसरी हुन्छ धार्मिक सहिष्णुता

अमृत दाहाल संविधानको मस्यौदामाथि संकलन गरिएको जनमतमा धर्मनिरपेक्षताको विपक्षमा सुझावहरु आएपछि युरोपेली युनियनका राजदूतहरुको दौडधुप सुरु भएको चर्चा चलेको छ । उनीहरुले प्रधानमन्त्री सुशील कोइरालादेखि सभामुख सुवास नेम्वाङ, एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईलगायतका नेताहरुलाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा भेटेर अन्तरिम संविधानमा भएको धर्म निरपेक्षतालाई कायमै राख्न ‘माग’ नै गरेको कुरा आएको छ । तर, उदाहरणहरुलाई केलाउने हो भने युरोपेली युनियनभित्रकै कतिपय देशहरु निश्चित धर्मबाट चलिरहेका छन् । तिनै देशले नेपाल धर्म निरपेक्ष हुनुपर्छ भनेर दबाब दिनु अचम्मलाग्दो छ । युरोपेली युनियनकै कुरा गर्ने हो भने डेनमार्क, फिनल्याण्ड, बेलायत, लक्जेमबर्ग, जर्मनी र ग्रिस धर्म निरपेक्ष देश होइनन्  । बेलायतमा त चर्च र राज्यबीच गहिरो सम्बन्ध छ । त्यहाँ चर्चको ‘सुप्रिम गभर्नर’ महारानी हुने प्रचलन छ । यस्तै, चर्चका उच्च अधिकारीको नियुक्ति दरबारले गर्छ भने राज्याभिषेकजस्ता महत्वपूर्ण कार्य चर्चले सन्चालन गर्छ । अझ माथिल्लो सदन 'हाउस अफ लर्ड्स' मा त चर्चका बिसपहरुका लागि स्थान नै सुरक्षित  छ