Skip to main content

गणकका दुःख : कसैले भिडियो खिचेर भाइरल बनाइदिन्छन्, कसैले लखेट्ने धम्की दिन्छन्



अमृत दाहाल/ काठमाडौं 
राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले मंगलबार फेसबुकमा लेखे–जनगणना गर्दा ख्रिस्टियन समुदायप्रति शंकास्पद व्यवहार गरिएको विशेष स्रोतबाट बुझिएको हुँदा यस विषयलाई महासंघले गम्भीरताको रुपमा लिएको छ। तसर्थ यहाँहरुको घर, समुदाय वा चर्चमा गणक जनगणना गर्न नआएमा वा धर्मको महलमा ख्रिस्टियनहरुको कोड लेख्न नमानेमा महासंघका पदाधिकारी तथा स्थानीय ठाउँको वडाध्यक्ष र गणकको नामसहित तुरुन्त जानकारी गराउन अपिल गर्दछौं।’
चार दिनअघि उनैले एक भिडियोमार्फत् गणकले पेन्सिलले लेखे त्यसलाई अस्वीकार गर्न आग्रह गरेका थिए।
०००

फ्नो घरमा आएकी गणकलाई एक उत्तरदाता महिलाले र्‍याखर्‍याख्ती पारेको भिडियो भाइरल भइरहेको छ। भिडियोमा उत्तरदाता महिलाले पुर्खाको भाषा नेपाली लेखेको भन्दै भनेकी छन्, ‘हाम्रो पुर्खाको भाषा संस्कृत हो, कोड ७९ हो, मैले संस्कृत भन्दाभन्दै तपाईंले नेपाली लेख्नुभयो। यसरी गल्ती गर्न त भएन नि, तपाईंहरु बच्चा हो, तपाईंहरुले जान्नु भएको छैन भने हाम्रो पुर्खाको भाषा संस्कृत नै हो।’

भिडियाेकाे एक दृश्य।

उत्तरदाता महिला भन्छिन्, ‘तपाईं यस्तै गर्नुहुन्छ भने म गाउँलाई उठाएर यो क्यान्सिल हुन्छ।

तर उनी गणकको जवाफ सुन्नै नचाहि आफ्ना कुरामात्र भनिरहन्छिन्।

उनी अगाडि भन्छिन, ‘यदि त्यो हो भने भर्खरैमात्र मैले अध्यक्ष, नगरपालिका सबैलाई फोन गरेर, यदि तपाईंले सही विवरण लेख्न सक्नुहुन्न भने एकदम म भर्खरै भण्डाफोर गर्छु।

०००
के एन स्वामी नामका फेसबुक प्रयोगकर्ताले जनगणनामा भाषा र धर्म कसरी लेख्ने भनेर ८ मिनेट १३ सेकेण्डको भिडियो बनाएका छन्। उनले त्यसमा पुर्खाको भाषामा संस्कृत, मातृभाषामा संस्कृत र दोस्रो भाषामा नेपाली या अन्य भाषा लेख्न आग्रह गरेका छन्। उनको त्यो भिडियोलाई संस्कृत अभियन्ताहरु धेरैले शेयर गरेका छन्।

तर उनको उक्त भिडियोमा ‘पण्डित गुरु’ नामका प्रयोगकर्ताले टिप्पणी गरेका छन्, ‘यो सबै नेपाली भाषालाई कमजोर बनाई हिन्दी भाषालाई धेरै देखाउने खेल हो। सबै नेपाली भाषीजतिले नेपाली भाषालाई दोस्रो देखाउने अभियान चलाइएको छ। यसो गर्दा नेपाली भाषा बोल्नेको संख्या धेरै कम हुनेछ, जुन सत्य होइन।’

०००

आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले एक अन्तर्वार्तामा भनेका छन्, ‘आदिवासी जनजातिहरुले दिएको सही सूचनालाई गलत ढंगले राखेर राज्यबाट हिन्दु धर्मको संख्या बढाइयो, हरेक घरमा पुग्ने गरी स्थानीय गणकलाई नै प्रयोग गर्नुपर्ने माग सरकारले सुनेको छैन।

०००

एक जना जनजाति नेताले एक सार्वजनिक कार्यक्रममै ‘गणक घरभित्र पस्नेबित्तिकै अडियो र भिडियो रेकर्ड गर्न, आफूले भनेको विवरण नभरेमा समातेर प्रहरीमा बुझाउन र विवरण पेन्सिलले लेख्न थाले पेन्सिल थुतेर हातमा घोचिदिन र भाँचिदिन’ सार्वजनिक रुपमै आव्हान गरेका छन्।

०००

गत कात्तिक २५ गतेदेखि चलिरहेको राष्ट्रिय जनगणनाका क्रममा विभिन्न जातीय तथा धार्मिक संगठन, व्यक्तिहरुले गणकहरुलाई प्रत्यक्ष–अप्रत्यक्ष दबाब दिने, हतोत्साहित गर्ने, दुर्व्यवहार गर्नेलगायतका काम गरेको सार्वजनिक भएपछि केन्द्रीय तथ्यांक विभागले मंगलबार प्रेस विज्ञप्ति नै सार्वजनिक गर्‍यो।

विज्ञप्तिमा भनिएको छ, ‘स्थलगत तथ्यांक संकलन कार्यलाई प्रभाव पार्ने, कार्यरत कर्मचारीबाट भइरहेका निष्पक्ष कार्यलाई दुरुत्साहित गर्ने, कर्मचारीको जिउज्यानमा खतरा हुने कुनै पनि किसिमको विचार तथा वक्तव्य दिने कार्यले आपसी द्वन्द्व बढाउने र जनगणना कार्यमा प्रतिकूल प्रभाव पर्ने हुँदा राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका २०७७ को पूर्ण पालना गर्नुहुन सबैमा केन्द्रीय तथ्यांक विभाग हार्दिक अनुरोध गर्दछ।’

‘गणकलाई ट्रयापमा पारेर भिडियो खिच्ने कार्य ह्यारेसमेन्ट भयो,’ विभागका निर्देशक ढुण्डीराज लामिछाने भन्छन्, ‘गणकले गल्ती गरे सम्झाउनुपर्छ, कारबाही गर्ने निकाय छ, तर यस्ता कार्यले गणकलाई मनोसामजिक असर पर्छ, उत्तरदाताले भनेको कुरा लेख्दालेख्दै पनि भिडियो जानीजानी भाइरल बनाइदिने, जनगणनालाई नै बदनाम गर्ने कुरा आइरहेको छ।’

ढुण्डीराज लामिछाने

केही संस्थाले संस्थागत रुपमा निर्णय गरेर तोकिएका जाति, भाषा, धर्म लेख्नुपर्छ भनेर दबाब दिएको कुरा आएपछि आफूहरुले विज्ञप्ति जारी गरेको उनको भनाइ छ। ‘फलानो जाति, भाषा, धर्म नै लेख्नुपर्छ भनेर पिछा गरेर गणकलाई घरघरमै गएर, बाहिरका मानिस परिचालन गरेर र उत्तरदातालाई नै भ्रममा पार्नसक्ने कुरा आएको छ,’ निर्देशक लामिछानेले भने, ‘गणक र उत्तरदाताबीचको सम्वादमा अरुले हस्तक्षेप गर्नुहुन्न, उत्तरदाताले जे भन्छ, गणकले त्यही गर्ने हो, निर्देशिकामा जे छ त्यही गर्ने हो।’

बाहिरका मानिसले हस्तक्षेप गरेर तथ्यांकमा तोडमोड गरिनु आचारणविपरीतका कुरा भएको उनको भनाइ छ। सबै धार्मिक समुदायले आफ्नो आ–आफ्नो धर्म उल्लेख गर्न आव्हान गरेको उल्लेख गर्दै उनले भने, ‘संस्थागत रुपमा यसो गर, उसो गर भन्नु भएन।’

धर्मनिरपेक्ष घोषणा भइसकेको नेपालका धार्मिक समुदाय भने जनगणनामा आफ्नो उपस्थिति देखाउन खोजिरहेका छन्। २०६८ को जनगणनाअनुसार नेपालमा हिन्दु समुदायको संख्या ८१.३४ प्रतिशत छ भने बौद्ध ९.०४, इस्लाम ४.३९, किराँत ३.०५, क्रिश्चियन १.४२ र अन्य धार्मिक समुदायको संख्या ०.७६ छ।

गणकहरुबाट तथ्यांक संकलनका क्रममा केही प्रश्नहरुमा सुन्नमा आएका नकारात्मक कुराहरुको सन्दर्भमा सत्यतथ्य बुझी आवश्यक निर्देशन दिने काम गरिरहेको विभागले जनाएको छ। यथार्थभन्दा फरक आफ्नो व्यक्तिगत वा संस्थागत निर्णयअनुरुपको उत्तर उत्तरदातालाई दिन अभिप्रेरित गर्नाले सही तथ्यांक संकलन गर्न नसकिने उल्लेख गर्दै विभागको विज्ञप्तिमा भनिएको छ, ‘संकलन गरिने तथ्यांकको गुणस्तर अभिवृद्धिका लागि उपयुक्त समाधान खोज्नुपर्ने हुन्छ।’

यस्तै, जनगणनामा समावेश गरिएका प्रश्नावलीको पूर्णताका विषयमा पनि प्रश्न उठाइएका छन्। खासगरी यसपटक लैंगिक विवरण खुलाउन महिला र पुरुषमात्र समावेश छन् भने अन्य लैंगिक पहिचान खुलाउने व्यवस्था छैन। यसमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले आपत्ति जनाएको छ।

विभाग भने प्रश्नावलीलाई अन्तिम रुप दिन विभिन्न जातजाति, भाषिक, धार्मिक, लंैगिक, अपांगता तथा अन्य सरोकारवाला समुदाय÷संघसंस्था र विषयविज्ञसँग पटक–पटक छलफल गरिएको र प्राप्त सुझावहरुमा विषयत समिति र प्राविधिक समितिमा छलफल गरी अन्तिम रुप दिइएको बताउँछ। निर्देशक लामिछाने भन्छन्, ‘त्रुटि (प्रश्नावलीमा) खासै छैन, प्रिन्ट मिस्टेकमा त्रुटि छ भने हामी सच्याइहाल्छौं ।’

यही मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि देशभर करिब ४० हजार गणक, ८५०० सुपरीवेक्षक खटिएका छन्। फिल्डमा खटिनुअघि उनीहरुलाई ४ दिनको तालिम दिइएको थियो।

Comments

Popular posts from this blog

Sanghiya Samajbadi Party formed under Rai

KATHMANDU, NOV 22 - The crusaders of federalism based on single identity on Monday announced the formation of a new party under the leadership of former CPN-UML Vice Chairman Ashok Rai. The new party Sanghiya Samajbadi Party was announced at a programme organised at a function organised at New Baneshwor in the Capital. Most of the leaders and cadres of the new party are from the UML and some are also from the Nepali Congress. The 98-member central ad hoc working committee includes eight vice chairmen, one general secretary, three deputy general secretaries and five secretaries. Bijaya Subba, Durga Mani Dewan, Prem Krishna Pathak, Bir Bahadur Lama, Rakanm Chemjong, Hemraj Rai, Mohammad Rijwan Ansari and Gopal Thakur have been appointed as the vice chairmen for the party whereas Rajendra Shrestha is the general secretary. Likewise, Ajambar Rai Kangmang, Radha Timilsina and Norsang Lama are the deputy general secretaries while Mina Gurung, Horilal Ch

Kaliprasad Rijal, Senior Lyricist

 It's interview time : Moment of interview with Kaliprasd Rijal.His famous songs are, BIHANA UTHNE BITTIKAI, JHAREKO PAT JHAI BHAYO, CHARI LE TA CHHADERA GAIHALI, etc. Most of his songs were sang by Narayan Gopal, famous singer of nepal.  Remembering his old days  Young kaliprasad, with his wife  Searching his old photos  Photo pose with legend lyricist  Kaliprasad in his office IT'S ME