कविता : यो भोटो कसको ?



अमृत दाहाल

 

अघिल्ला अनि,

झन् अघिल्ला वर्ष झैं

यस पटक पनि देखाइयो भोटो

तरलिन कोही पनि आएन

कसैले दाबी गरेन 

किनकित्यसमा अत्तरको बासना थिएन

कर्कोटक नागले दिँदाजस्तो मणि पनि चम्किएको थिएन

थियो पसिनाको गन्धअनि कट्कटाउँदो मैलो 

 भोटो देखाउने लहरमा थिए

 मच्छिन्द्रनाथका पुजारीको सट्टासत्ताका पुजारीहरु

शक्तिका पुजारीहरु

तिनीहरुलाई किन मन पर्थ्यो  ?

पसिनाले लत्पतिएको भोटोको गन्ध 

फेरि चारैतिर देखाइयो

सोधियोकसको हो यो भोटो ?

 कसैले मेरो भनेन 

 कसैका लागि आफ्नो भएन 

जसलाई चाहिएको  भोटो,

जो वर्षौंदेखि नांगै ,

जो आफ्नो प्रिय सन्तानलाई भोटो लगाइदिन,

खाडीको तातो घाममा आङ डढाइरहेको 

जात्रादेखि निकै टाढा रहेको उ

आउनै पाएन भोटो हेर्न

उ त भोकले आकुलव्याकुल परिरहेका

सन्तानलाई हातमुख जोड्न

खाडीमा पसिना चुहाइरहेछ ।

काँधमा दर्हा फलाम बोकेर उक्लिरहेछ गगनचुम्बी भवन,

 भवनभन्दा पनि अग्ला सपना साँचेर मस्तिष्कमा,

होउसको त्यही आङमा चाहिएको भोटो 

 उसका ‘बाबापुकारिरहेका साना नानीहरुलाई

चाहिएको  भोटो

  फर्कने बाटो कुरिरहेकी

जहानलाई चाहिएको  भोटो 

कसैले दाबी नगरे  के भो ?

जसलाई चाहिएको उसैका आङमा लगाइदिँदा हुन्न भोटो ?

जसले हुरीबतासशीतघाम सबै छेकुन् 

अहिले लगाउन पाए भोटो,

कुनै युगमा भुतले दाबी गरे पनि,

किसानले दाबी गरे पनि,

फेरि मच्छिन्द्रनाथलाई जिम्मा लगाउँला नि हुन्न ?

अनि फेरि सोधुँला,

…यो भोटो कसको हो ?

०००

Comments

Popular posts from this blog

Kaliprasad Rijal, Senior Lyricist

एमसीसी भर्सेस बीआरआई : दुई महाशक्ति मुलुकको ‘ब्याटलग्राउन्ड’ बन्दै नेपाल