Skip to main content

कथा

सुकेको रुख


गौरव कोठामा एक्लै बसेर चुरोट पिइरहेको थियो चुरोटको धुवाले कोठा गुम्म पर् यो एकछिन । झ्यालको कापबाट पसेको घामको किरण र धुँवाको जम्काभेट हुदा एउटा अनौठो आकृति बन्यो । गौरबले फु गरेर आकृतिमा धुँवा फाल्यो आकृति रङमङिएर कता बिलायो कता एकछिनसम्म हेरिरह्यो उसले तर अँह आकृति बन्न सकेन फेरि । घरक्क ढोका उघि्रएको आवाज आयो जीवन भित्र पस्यो र सरासर गौरवनजिकै बस्यो ।

तँ आइस् गौरबले झ्यालमा अल्झिएको धँुवातिर हेर्दै सोध्यो । अँ आएँ अनि तेरो के चाला नि यस्तो चुरोटको धुँवाले टाउकै दुखायो । जीवन यता हेर्- गौरवले एकपटक चुरोटको लामो सर्को लिएपछि झ्यालतिर फाल्दै भन्यो । तर जीवनले उत्तर नफर्काउदैं गौरवले भन्यो-यता हेर् त त्यो झ्यालमा एउटा मान्छे जस्तै बन्यो यो धुँवा ।

खै वाहियात जीवनले खासै चासो नदिएजसरी भन्यो ।

ए जीवन ल अब हेर् त्यो मान्छे- गौरबले एकपटक अघि जसरी फुकेर भन्यो- अब मान्छे छैन । जीवन अघिदेखि छक्क परिरहेको थियो गौरवको यस्तो कुरा सुनेर उसले हतपत झ्याल खोलिदियो ।

झ्यालबाट बिछ्यौनामा न्यानो घाम पस्यो चुरोटको धुँवाको अब कतै कतै शेषमात्र बाँकी थियो ।

गयो त्यो धुँवा पनि नामोनिसान बाँकी छैन अब त्यसको- गौरब बोल्यो-साँच्ची ए जीवन यो धुँवाजस्तै हगी हामी त कसैको इच्छाले एकै निमेषमा बिलिन हुन सक्ने निरीह अमुक र निर्जीव ।

भो छाड्दे यी सब धुँवा बादलसंग मिसिएर पानी पनि पार्न सक्नुपर्छ यो मरुभूमिविरुद्ध जाँउ हिड् जीवनले गौरबको पाखुरा समात्दै उठायो ।

गौरब मन नलागी-नलागी उठ्यो ।

दुवैजना बाहिर निस्किए ।

बाहिर सुनसान थियो । शुस्क सन्नाटा । पारिलो घाम लागेको रमाइलो दिन थियो तर रात जस्तै चकमन्न थियो । आँधी आएपछिको शान्त समुद्रजस्तै । बाहिर धुँँवाको नमिठो गन्धले त्यहाँको वातावरणलाई झन् विरक्तिदो पारिरहेको थियो ।


ए पख न एउटा याचनायुक्त आवाज आयो । दुवै जना रोकिए । मैलो पहिरनको एउटा मान्छे रोकियो । त्यो नजिक आउन्जेलसमम दुवैजना पर्खिए अचम्म मानेर ।


मैलो पहिरन टाउको छोप्न लगाएका टोपी पनि भन्नुमात्रै वृद्ध उमेर । उनको समग्र परिचय यही थियो । पख तिमीहरु कहा जान हिडेका यता आउ - बुढा बोले । जीवन र गौरवलाइ तानेर उनले अलि पर रहेको डाडातिर डोर् याए । उनीहरु सशंकित भए अनेक तर्कबितर्क खेलिरहे मनमा । एक अर्कालाई हेर्दै बुढाको पछि लागे यन्त्रवत् । मानौ बाजेको पछि लागेका नातीहरु हुन्् ।


गौरबले सम्झ्यो- अघिको कुरा । धुँवा अघि जसरी उड्यो हावाको झोकाले अब उनीहरु पनि त्यही धुवा हुदैछन् । बुढा बाटोभर केही बॊेलेनन् घरि चाँडो आउन इशारा गर्थे घरि टक्क रोकिएर गन्तव्यतिर हेर्थे ।

गन्तव्य आइपुग्यो । तर त्यँहा कुनै नौलोपन थिएन- उनी शुस्कता उही सुनसान फगत एउटा रुख छ पातविनाका ।

देख्यौ यो रुख हो ।


उनीहरुले समर्थनमा टाउको हल्लाए ।


तर यो रुख होइन मेरो छोरा हो- बुढाले चर्कोतर टुटेको स्वरमा भने ।


अनि यो रुख मेरा छोरो हो बुढा क्वाँ क्वाँ रुन थाले ।


जीवन र गौरवका मन भारी भए उनीहरुले बुढालाई हेरिरहे ।


केही छिनपछि गौरवले सोध्यो- बा तपाईको छोरालाई के भो र


बुढाका आँखा राता भैसकेका थिए । कलेटी परेका ओठ भिजाउदैं बुढा एकोहोरो बोल्न थाले- छोराले त्यसदिन राती अबेरसम्म पढिरह्यो । तर उ बिहान ओछ्यानमा थिए खोज्दै जादा यही रुखमा फेला पारें तर उ त्यतिखेरसम्म यो संसारमा थिएन ।


यति भनेर बुढा चुप लागेर थुचुक्क रुख मुनी बसे ।


गौरव र जीवनले हेरे- पारी देखिएको निलो जंगल बिल्कुल मरुभूमिमा थुपि्ररहेको बालुवा जस्तो लाग्यो शुष्क । त्यहाँ कुनै चरा उडेका थिए न त रसिलो वातावरण नै ।


अनायास केही परको डाँडोमा एक हुल मानिसहरु देखिए केही आवाज आएको महसुस गर्ने बित्तिकै उनीहरु हतारहतार घरतिर झरे । घर भन्नुमात्रै थियो त्यहाँ अवशेषको रुपमा एउटा कोठामात्रै थियो जहाँ उनीहरु अघि थिए । उनीहरु कोठामा बसिसकेपछि नजिकै केही खलबल सुनियो र कोठा अगाडि कोही हिडेजस्तै लाग्न थाल्यो उनहिरुलाई । चुपचाप थिए दुवै जना । एकजना अपरिचत एक्कासी प्रवेश गर् यो । तपाईहरु गए हुन्छ - उसले आदेश दियो । एकछिनपछि सन्नाटा छायो पदचाप र मान्छेको खलबल टाढा हुदैं गयो ।


देखिस् हामी धुँवाहरु बिलाउन कुनै गार् हो छैन कसैले फु गरे पुग्यो गौरबले भन्यो ।



दुवै जना बाहिर निस्किए । पिजडाको ढोका खुल्यो- गौरबले भन्यो ।जीवन केही बोलेन ।


बाहिर धुवाँको तिखो गन्ध अझैं आइरहेको थियो । डाडामा बुढा सुकेको रुखलाई पानी हाल्दै थिए ।


जीवनको संघारमा पुगिसकेका बुढा अब त्यही सुकेको रुखमा छोराको सपनालाई सिन्चित गर्दै थिए ।


मुलबाटोबाट उनीहरु बिस्तारै दक्षिणतिर लागे । अघिका मानिसहरुको एक हुल अलि अघि पर कतै कल्याङकुलुङ गरिरहेको थियो । बाटोमा घरहरु लाइनै बसिरहेका थिए वास्तविक रुपमा निर्जीव हुनुको अर्थ ती घरहरुले पुष्टि गरेजस्तै लाग्थ्यो । घरका आगनमा मान्छे थिए तर मूर्तिजस्ता एकोहोरो कतै हेरिरहेका ।लाग्थ्यो- निर्जीव घरसंगै मान्छेहरुले पनि निर्जीव हुन सिकीसकेका छन् ।


मान्छेहरु आउछन् तर आफ्नै लागि आउछन् । एक हुल दुई हुल निरन्तर आइरहन्छन् । तर गाउलेहरु आकाशतिर हेरेर बसिरहेका छन् ।

© अमृत दाहाल

Comments

the wayman said…
nice picture.I red your blog with translategoggle.com but many thing I did,nt understand
सुन्दर छ र अझै प्रगति गर्नुहोस्

Popular posts from this blog

Sanghiya Samajbadi Party formed under Rai

KATHMANDU, NOV 22 - The crusaders of federalism based on single identity on Monday announced the formation of a new party under the leadership of former CPN-UML Vice Chairman Ashok Rai. The new party Sanghiya Samajbadi Party was announced at a programme organised at a function organised at New Baneshwor in the Capital. Most of the leaders and cadres of the new party are from the UML and some are also from the Nepali Congress. The 98-member central ad hoc working committee includes eight vice chairmen, one general secretary, three deputy general secretaries and five secretaries. Bijaya Subba, Durga Mani Dewan, Prem Krishna Pathak, Bir Bahadur Lama, Rakanm Chemjong, Hemraj Rai, Mohammad Rijwan Ansari and Gopal Thakur have been appointed as the vice chairmen for the party whereas Rajendra Shrestha is the general secretary. Likewise, Ajambar Rai Kangmang, Radha Timilsina and Norsang Lama are the deputy general secretaries while Mina Gurung, Horilal Ch

Kaliprasad Rijal, Senior Lyricist

 It's interview time : Moment of interview with Kaliprasd Rijal.His famous songs are, BIHANA UTHNE BITTIKAI, JHAREKO PAT JHAI BHAYO, CHARI LE TA CHHADERA GAIHALI, etc. Most of his songs were sang by Narayan Gopal, famous singer of nepal.  Remembering his old days  Young kaliprasad, with his wife  Searching his old photos  Photo pose with legend lyricist  Kaliprasad in his office IT'S ME