सुकेको रुख
गौरव कोठामा एक्लै बसेर चुरोट पिइरहेको थियो चुरोटको धुवाले कोठा गुम्म पर् यो एकछिन । झ्यालको कापबाट पसेको घामको किरण र धुँवाको जम्काभेट हुदा एउटा अनौठो आकृति बन्यो । गौरबले फु गरेर आकृतिमा धुँवा फाल्यो आकृति रङमङिएर कता बिलायो कता एकछिनसम्म हेरिरह्यो उसले तर अँह आकृति बन्न सकेन फेरि । घरक्क ढोका उघि्रएको आवाज आयो जीवन भित्र पस्यो र सरासर गौरवनजिकै बस्यो ।
तँ आइस् गौरबले झ्यालमा अल्झिएको धँुवातिर हेर्दै सोध्यो । अँ आएँ अनि तेरो के चाला नि यस्तो चुरोटको धुँवाले टाउकै दुखायो । जीवन यता हेर्- गौरवले एकपटक चुरोटको लामो सर्को लिएपछि झ्यालतिर फाल्दै भन्यो । तर जीवनले उत्तर नफर्काउदैं गौरवले भन्यो-यता हेर् त त्यो झ्यालमा एउटा मान्छे जस्तै बन्यो यो धुँवा ।
खै वाहियात जीवनले खासै चासो नदिएजसरी भन्यो ।
ए जीवन ल अब हेर् त्यो मान्छे- गौरबले एकपटक अघि जसरी फुकेर भन्यो- अब मान्छे छैन । जीवन अघिदेखि छक्क परिरहेको थियो गौरवको यस्तो कुरा सुनेर उसले हतपत झ्याल खोलिदियो ।
झ्यालबाट बिछ्यौनामा न्यानो घाम पस्यो चुरोटको धुँवाको अब कतै कतै शेषमात्र बाँकी थियो ।
गयो त्यो धुँवा पनि नामोनिसान बाँकी छैन अब त्यसको- गौरब बोल्यो-साँच्ची ए जीवन यो धुँवाजस्तै हगी हामी त कसैको इच्छाले एकै निमेषमा बिलिन हुन सक्ने निरीह अमुक र निर्जीव ।
भो छाड्दे यी सब धुँवा बादलसंग मिसिएर पानी पनि पार्न सक्नुपर्छ यो मरुभूमिविरुद्ध जाँउ हिड् जीवनले गौरबको पाखुरा समात्दै उठायो ।
गौरब मन नलागी-नलागी उठ्यो ।
दुवैजना बाहिर निस्किए ।
बाहिर सुनसान थियो । शुस्क सन्नाटा । पारिलो घाम लागेको रमाइलो दिन थियो तर रात जस्तै चकमन्न थियो । आँधी आएपछिको शान्त समुद्रजस्तै । बाहिर धुँँवाको नमिठो गन्धले त्यहाँको वातावरणलाई झन् विरक्तिदो पारिरहेको थियो ।
ए पख न एउटा याचनायुक्त आवाज आयो । दुवै जना रोकिए । मैलो पहिरनको एउटा मान्छे रोकियो । त्यो नजिक आउन्जेलसमम दुवैजना पर्खिए अचम्म मानेर ।
मैलो पहिरन टाउको छोप्न लगाएका टोपी पनि भन्नुमात्रै वृद्ध उमेर । उनको समग्र परिचय यही थियो । पख तिमीहरु कहा जान हिडेका यता आउ - बुढा बोले । जीवन र गौरवलाइ तानेर उनले अलि पर रहेको डाडातिर डोर् याए । उनीहरु सशंकित भए अनेक तर्कबितर्क खेलिरहे मनमा । एक अर्कालाई हेर्दै बुढाको पछि लागे यन्त्रवत् । मानौ बाजेको पछि लागेका नातीहरु हुन्् ।
गौरबले सम्झ्यो- अघिको कुरा । धुँवा अघि जसरी उड्यो हावाको झोकाले अब उनीहरु पनि त्यही धुवा हुदैछन् । बुढा बाटोभर केही बॊेलेनन् घरि चाँडो आउन इशारा गर्थे घरि टक्क रोकिएर गन्तव्यतिर हेर्थे ।
गन्तव्य आइपुग्यो । तर त्यँहा कुनै नौलोपन थिएन- उनी शुस्कता उही सुनसान फगत एउटा रुख छ पातविनाका ।
देख्यौ यो रुख हो ।
उनीहरुले समर्थनमा टाउको हल्लाए ।
तर यो रुख होइन मेरो छोरा हो- बुढाले चर्कोतर टुटेको स्वरमा भने ।
अनि यो रुख मेरा छोरो हो बुढा क्वाँ क्वाँ रुन थाले ।
जीवन र गौरवका मन भारी भए उनीहरुले बुढालाई हेरिरहे ।
केही छिनपछि गौरवले सोध्यो- बा तपाईको छोरालाई के भो र
बुढाका आँखा राता भैसकेका थिए । कलेटी परेका ओठ भिजाउदैं बुढा एकोहोरो बोल्न थाले- छोराले त्यसदिन राती अबेरसम्म पढिरह्यो । तर उ बिहान ओछ्यानमा थिए खोज्दै जादा यही रुखमा फेला पारें तर उ त्यतिखेरसम्म यो संसारमा थिएन ।
यति भनेर बुढा चुप लागेर थुचुक्क रुख मुनी बसे ।
गौरव र जीवनले हेरे- पारी देखिएको निलो जंगल बिल्कुल मरुभूमिमा थुपि्ररहेको बालुवा जस्तो लाग्यो शुष्क । त्यहाँ कुनै चरा उडेका थिए न त रसिलो वातावरण नै ।
अनायास केही परको डाँडोमा एक हुल मानिसहरु देखिए केही आवाज आएको महसुस गर्ने बित्तिकै उनीहरु हतारहतार घरतिर झरे । घर भन्नुमात्रै थियो त्यहाँ अवशेषको रुपमा एउटा कोठामात्रै थियो जहाँ उनीहरु अघि थिए । उनीहरु कोठामा बसिसकेपछि नजिकै केही खलबल सुनियो र कोठा अगाडि कोही हिडेजस्तै लाग्न थाल्यो उनहिरुलाई । चुपचाप थिए दुवै जना । एकजना अपरिचत एक्कासी प्रवेश गर् यो । तपाईहरु गए हुन्छ - उसले आदेश दियो । एकछिनपछि सन्नाटा छायो पदचाप र मान्छेको खलबल टाढा हुदैं गयो ।
देखिस् हामी धुँवाहरु बिलाउन कुनै गार् हो छैन कसैले फु गरे पुग्यो गौरबले भन्यो ।
दुवै जना बाहिर निस्किए । पिजडाको ढोका खुल्यो- गौरबले भन्यो ।जीवन केही बोलेन ।
बाहिर धुवाँको तिखो गन्ध अझैं आइरहेको थियो । डाडामा बुढा सुकेको रुखलाई पानी हाल्दै थिए ।
जीवनको संघारमा पुगिसकेका बुढा अब त्यही सुकेको रुखमा छोराको सपनालाई सिन्चित गर्दै थिए ।
मुलबाटोबाट उनीहरु बिस्तारै दक्षिणतिर लागे । अघिका मानिसहरुको एक हुल अलि अघि पर कतै कल्याङकुलुङ गरिरहेको थियो । बाटोमा घरहरु लाइनै बसिरहेका थिए वास्तविक रुपमा निर्जीव हुनुको अर्थ ती घरहरुले पुष्टि गरेजस्तै लाग्थ्यो । घरका आगनमा मान्छे थिए तर मूर्तिजस्ता एकोहोरो कतै हेरिरहेका ।लाग्थ्यो- निर्जीव घरसंगै मान्छेहरुले पनि निर्जीव हुन सिकीसकेका छन् ।
मान्छेहरु आउछन् तर आफ्नै लागि आउछन् । एक हुल दुई हुल निरन्तर आइरहन्छन् । तर गाउलेहरु आकाशतिर हेरेर बसिरहेका छन् ।
© अमृत दाहाल
Comments