Skip to main content

कथा


युनिकआत्महत्या

उ आत्महत्या गर्न चाहन्थ्यो, अर्थात् उसलाई कसैगरी यो संसारमा बसिरहन मन थिएन । अर्थात् उ इहलिला समाप्त गर्न चाहन्थ्यो परमात्मामा जान चाहन्थ्यो । जे भनेपनि उसलाई मर्न मन थियो । तर मर्ने कसरी उ उपयुक्त उपायको खोजीमा थियो- युनिक तरिकाले आत्महत्या गर्न चाहन्थ्यो परम्परागत तरिका उसलाई मन परेको थिएन । विषपान गरेर मर्नु परम्परागत तरिका हो तर त्यो ठिक होइन उसको तर्क थियो- विष खाएपछि पेटमा असैह्य दर्द हुन्छ उस्तै परे रगत छादिन्छ छट्पटिइन्छ त्यो आफैैंले आफैंलाई यातना दिनु हो। यातना दिनु भनेकेा मानव अधिकार हनन गर्नु हो जुन उसको सिद्धान्तले दिदैंनथ्यो किनकी उ मानवअधिकार वादी कार्यकर्ता पनि हो । उ आफ्नै मानव अधिकार हनन गर्ने पक्षमा उ थिएन । अर्को परम्परागत तरिका मटिट्तेल खन्याएर आगो लगाउनु हो भन्ने उसलाई थाहा छ त्यसले पनि यातना दिन्छ । झन् अहिलेको जमानामा मट्टितेल पाउन कम्ता गार् हो हुन्न मट्टितेल उस्तै महंगो झन् लाइन बस्न उस्तै गार् हो । उ यस कारणले पनि यो उपायका विरुद्धमा छ । धारिलो हतियार प्रयोग गर्नु जानाजान दुर्घटनामा पर्नु या अग्लो ठाउबाट हामफाल्नु झुण्डिनु सबै परम्परागत तरिका हुन। भन्ने उसको ठहर छ । उसले एक-एक गरेर केलायो र निष्कर्ष निकाल्यो- ती सबै तरिकाले यातना दिन्छन् जुन उ किमार्थ चाहदैनथ्यो । त्यसकारण उ यस्तो उपायको खोजीमा थियो-जसबाट उ स्वयंलाई यातना नदेओस् कुनै पीडा नदेओस् शान्तसंग इहलीला समाप्त गर्न पाइयोस्-हासीहासी । यस्तै नया र युनिक उपायको खोजीमा सोचिरहेका बेला उसको दिमागमा एक्कासी फुर् यो इन्टरनेट । इन्टरनेट र ज्ञानको सागर भन्छन् मान्छेहरु त्यस्तो राम्रो उपाय त इन्टरनेटमा त कसो नभेटिएला इन्टरनेटमा बसेर उसले गुगल र याहु खोल्यो र सर्च इन्जिनमा टाइप गर् यो हाउ टु सुसाइड । कम्प्युटरले उसको प्रश्नको लाखौं नतिजा निकाल्यो अब भने उ केही खुशी जस्तो देखियो । १ नम्बरको नतिजादेखि क्लिक गर्न थाल्यो । इन्टरनेटमा सबै विदेशी उदाहरण थिए सबै विदेशी तरिका थिए । ती पनि उसलाई मन परेन- म नेपाली म देशलाई माया गर्छु राष्टियता मलाई मन पर्छ म किन विदेशीको सिको गरु उसको तर्क थियो । जसरी पनि आत्महत्या गर्ने धुनमा थियो उ तैपनि बजारमा युनिक उदाहरण भेटिन्छ कि भनेर उ बजार निस्कियो । कोठाबाट निस्किएपछि ह्वास्स एउटा नमिठो र तिखो गन्ध उसको नाकको भित्रि भाग हुदैं घाटीसम्म पुग्यो । आखीभौं खुम्च्याउदैं उसले अगाडि हेर् यो - फोहोरको थुप्रोले पर्खाल नाघ्ने बेला भैसकेको रहेछ त्यहा फालिएका हाडका थुप्रामा दुईवटा भुस्याहा कुकुरको लडाईं मन लागीनलागी हेर् यो । हाडको टुक्रालाई कसको कब्जामा पार्ने भनेर दुई कुकुर लडाई गरिरहेका थिए त्यत्तिकैमा रौंसमेत झरेर शरिर नै विदिर्ण भउको रोगी कुकुर दौडदैं आयो र त्यो हाड छिनेर बेपत्ता भयो । यो दृश्य उसलाई रोचक लाग्यो एकपटक मनमनै हास्यो । फोहोरको कुनामा दुईबालक प्लाष्टिक टिपिरहेका थिए मैलो पहिरनमा । त्यत्तिकैमा एउटा बालकले फोहोरको थुप्रोबाट प्लास्टिकको एउटा प्याकेट उठायो । उसले चिहाएर हेर् यो-सडिसकेको पाउरोटी हेरेछ ।
अलिक अगाडि बढेपछि सडकमा अर्को मानव देखिए-मैलो र अर्धनग्न पहिरनमा फालिएको कागजका टुक्रा बटुलिरहेका र ती टुक्रालाई मुखले स-साना टुक्रा बनाएर काखीमा च्यापिरहेका थिए । उसले सडक छेउमा मानिसहरुको चर्काचर्की सुन्यो के भएको रहेछ भन्ने चासोले उ मानिसको हुलबीच छिर् यो त्यहा मट्टितेल डिलरमा मट्टितेल बाड्ने लाइनको बीचमा घुसेको निहुमा झगडा भएको रहेछ । लामो लाइनमा बसेकाहरुको अनुहार पढ्यो एकपटक अधिकांश निन्याउरो अनुहारमा थिए । एकजना अर्कोलाई बिनमं्र भाषामा अनुनय गर्दै थियो- सर मैले एक हप्ता हुन लाग्यो भात पकाएर खान पाएको छैन आज मैले मटिट्तेल लगिन भने भातै खान नपाएर मर्छु होला । ुबित्थामा पसिएछ उ गहु्रंगो मन लिएर हुलबाट पाखा लाग्यो र लाग्यो सडकको अर्को छेउतिर । त्यहा एउटा सरकारी अफिसमा मानिसहरुको अर्को भिड थियो-त्यो भिड अरु केहीका लागि नभएर आवदेन दिनेहरुको भिड थियो । तैपनि जागिर पाइहालिन्छ कि भन्ने आशाले आएका हुन् भन्ने थाहा पाउन उसलाई गार् हो भएन । तर सडक सुनसान थियो थाहा पायो विद्यार्थी संगठनले भाडा छुट विवादमा बन्द गराएका रहेछन् । यो कतिऔं पटकको बन्द हो उसलाई त्यति हेक्का छैनसडकतर्फ टाढा हेर् यो गाडी नभएपनि मानिसहरु हतारहतार गन्तब्यमा गइरहेका थिए । कोही छोराछोरी च्यापेर हिडिरहेका थिए कोही बिरामी बोकेर सायद अस्पतालतर्फ लम्किरहेका थिए कोही ब्याग बोकेर अफिसतर्फ हिडिरहेका थिए । अझैं पनि उसले आत्महत्याको युनिक उपाय भेटिरहेको थिएन भेटेपनि उसलाई मन परिरहेको थिएन । सडक किनाराको रमिता हेर्दै हिडिरहेको थियो ग्यास डिपोमा आखाले नभ्याउन्जेलको रित्ता ग्यास सिलिण्डरको लाइन देख्यो । आयल निगमको डिपोमा स्याँउस्याँउती मोटरसाइकल कार बस लाइनमा थिए डिपोको गेटैमा लेखिएको थियो- तेल साझ ७ बजेसम्म बाडिन्छ । घडी हेर् यो चार बजिसकेको थियो । लाइन हेर् यो - मोटरसाइकल र गाडीको लाइन हेर् यो- लाइन २ ३ किलोमिटर परसम्म थियो । मानिसहरु धैर्यपूर्वक पर्खिरहेका थिए । ुतलब १० वर्षदेखि बढेको छैन महंगी बढेको बढ्यै छ के गर्ने होला ु
ुलोग्नेले रक्सी खाएर दिनदिनै कुट्छु ुबा आमा सानैमा मरे कोही छैन मेरोु ुआखा देख्दिन ठोक्किदै चिप्लदै यहा आएर बस्छु बाजा बजाउछु माग्छु र पाएको पैसाले एक छाक खान्छु सडक हिड्दै गर्दा उसले यस्ता अनेर्कौ दृश्य देख्यो । यसो बिचार गर् यो तर पनि कसैले आत्महत्या गरेका छैनन् । लखतरान् भएर घरमा पुग्यो लोडसेडिङको चुकजस्तै अध्यारोमा घर चुर्लुम्ब डुबेको थियो उसलाई मैनबत्ति सल्काउन पनि मन लागेन भात खान पनि मन लागेन । डङरंग बिच्छ्यौनामा लड्यो र निष्कर्ष निकाल्यो- ती मान्छेहरुले त हरेस खाएका छैनन्जो समस्याको पहाडसंग जुधिरहेका छन् । म किन आत्महत्या garun अनि उसले युनिक तरिकाले आत्महत्या गर्ने विचार छाड्ने निर्णय गर् यो । © अमृत दाहाल



Comments

Anonymous said…
jयो त रातीमा आत्महत्या गर्न गएको मानिसले बाटोमा सर्पले टोक्छ कि भनेर टर्चलाईट बोक्नु झै हो ।

Popular posts from this blog

Sanghiya Samajbadi Party formed under Rai

KATHMANDU, NOV 22 - The crusaders of federalism based on single identity on Monday announced the formation of a new party under the leadership of former CPN-UML Vice Chairman Ashok Rai. The new party Sanghiya Samajbadi Party was announced at a programme organised at a function organised at New Baneshwor in the Capital. Most of the leaders and cadres of the new party are from the UML and some are also from the Nepali Congress. The 98-member central ad hoc working committee includes eight vice chairmen, one general secretary, three deputy general secretaries and five secretaries. Bijaya Subba, Durga Mani Dewan, Prem Krishna Pathak, Bir Bahadur Lama, Rakanm Chemjong, Hemraj Rai, Mohammad Rijwan Ansari and Gopal Thakur have been appointed as the vice chairmen for the party whereas Rajendra Shrestha is the general secretary. Likewise, Ajambar Rai Kangmang, Radha Timilsina and Norsang Lama are the deputy general secretaries while Mina Gurung, Horilal Ch

Kaliprasad Rijal, Senior Lyricist

 It's interview time : Moment of interview with Kaliprasd Rijal.His famous songs are, BIHANA UTHNE BITTIKAI, JHAREKO PAT JHAI BHAYO, CHARI LE TA CHHADERA GAIHALI, etc. Most of his songs were sang by Narayan Gopal, famous singer of nepal.  Remembering his old days  Young kaliprasad, with his wife  Searching his old photos  Photo pose with legend lyricist  Kaliprasad in his office IT'S ME