युनिकआत्महत्या
उ आत्महत्या गर्न चाहन्थ्यो, अर्थात् उसलाई कसैगरी यो संसारमा बसिरहन मन थिएन । अर्थात् उ इहलिला समाप्त गर्न चाहन्थ्यो परमात्मामा जान चाहन्थ्यो । जे भनेपनि उसलाई मर्न मन थियो । तर मर्ने कसरी उ उपयुक्त उपायको खोजीमा थियो- युनिक तरिकाले आत्महत्या गर्न चाहन्थ्यो परम्परागत तरिका उसलाई मन परेको थिएन । विषपान गरेर मर्नु परम्परागत तरिका हो तर त्यो ठिक होइन उसको तर्क थियो- विष खाएपछि पेटमा असैह्य दर्द हुन्छ उस्तै परे रगत छादिन्छ छट्पटिइन्छ त्यो आफैैंले आफैंलाई यातना दिनु हो। यातना दिनु भनेकेा मानव अधिकार हनन गर्नु हो जुन उसको सिद्धान्तले दिदैंनथ्यो किनकी उ मानवअधिकार वादी कार्यकर्ता पनि हो । उ आफ्नै मानव अधिकार हनन गर्ने पक्षमा उ थिएन । अर्को परम्परागत तरिका मटिट्तेल खन्याएर आगो लगाउनु हो भन्ने उसलाई थाहा छ त्यसले पनि यातना दिन्छ । झन् अहिलेको जमानामा मट्टितेल पाउन कम्ता गार् हो हुन्न मट्टितेल उस्तै महंगो झन् लाइन बस्न उस्तै गार् हो । उ यस कारणले पनि यो उपायका विरुद्धमा छ । धारिलो हतियार प्रयोग गर्नु जानाजान दुर्घटनामा पर्नु या अग्लो ठाउबाट हामफाल्नु झुण्डिनु सबै परम्परागत तरिका हुन। भन्ने उसको ठहर छ । उसले एक-एक गरेर केलायो र निष्कर्ष निकाल्यो- ती सबै तरिकाले यातना दिन्छन् जुन उ किमार्थ चाहदैनथ्यो । त्यसकारण उ यस्तो उपायको खोजीमा थियो-जसबाट उ स्वयंलाई यातना नदेओस् कुनै पीडा नदेओस् शान्तसंग इहलीला समाप्त गर्न पाइयोस्-हासीहासी । यस्तै नया र युनिक उपायको खोजीमा सोचिरहेका बेला उसको दिमागमा एक्कासी फुर् यो इन्टरनेट । इन्टरनेट र ज्ञानको सागर भन्छन् मान्छेहरु त्यस्तो राम्रो उपाय त इन्टरनेटमा त कसो नभेटिएला इन्टरनेटमा बसेर उसले गुगल र याहु खोल्यो र सर्च इन्जिनमा टाइप गर् यो हाउ टु सुसाइड । कम्प्युटरले उसको प्रश्नको लाखौं नतिजा निकाल्यो अब भने उ केही खुशी जस्तो देखियो । १ नम्बरको नतिजादेखि क्लिक गर्न थाल्यो । इन्टरनेटमा सबै विदेशी उदाहरण थिए सबै विदेशी तरिका थिए । ती पनि उसलाई मन परेन- म नेपाली म देशलाई माया गर्छु राष्टियता मलाई मन पर्छ म किन विदेशीको सिको गरु उसको तर्क थियो । जसरी पनि आत्महत्या गर्ने धुनमा थियो उ तैपनि बजारमा युनिक उदाहरण भेटिन्छ कि भनेर उ बजार निस्कियो । कोठाबाट निस्किएपछि ह्वास्स एउटा नमिठो र तिखो गन्ध उसको नाकको भित्रि भाग हुदैं घाटीसम्म पुग्यो । आखीभौं खुम्च्याउदैं उसले अगाडि हेर् यो - फोहोरको थुप्रोले पर्खाल नाघ्ने बेला भैसकेको रहेछ त्यहा फालिएका हाडका थुप्रामा दुईवटा भुस्याहा कुकुरको लडाईं मन लागीनलागी हेर् यो । हाडको टुक्रालाई कसको कब्जामा पार्ने भनेर दुई कुकुर लडाई गरिरहेका थिए त्यत्तिकैमा रौंसमेत झरेर शरिर नै विदिर्ण भउको रोगी कुकुर दौडदैं आयो र त्यो हाड छिनेर बेपत्ता भयो । यो दृश्य उसलाई रोचक लाग्यो एकपटक मनमनै हास्यो । फोहोरको कुनामा दुईबालक प्लाष्टिक टिपिरहेका थिए मैलो पहिरनमा । त्यत्तिकैमा एउटा बालकले फोहोरको थुप्रोबाट प्लास्टिकको एउटा प्याकेट उठायो । उसले चिहाएर हेर् यो-सडिसकेको पाउरोटी हेरेछ ।
अलिक अगाडि बढेपछि सडकमा अर्को मानव देखिए-मैलो र अर्धनग्न पहिरनमा फालिएको कागजका टुक्रा बटुलिरहेका र ती टुक्रालाई मुखले स-साना टुक्रा बनाएर काखीमा च्यापिरहेका थिए । उसले सडक छेउमा मानिसहरुको चर्काचर्की सुन्यो के भएको रहेछ भन्ने चासोले उ मानिसको हुलबीच छिर् यो त्यहा मट्टितेल डिलरमा मट्टितेल बाड्ने लाइनको बीचमा घुसेको निहुमा झगडा भएको रहेछ । लामो लाइनमा बसेकाहरुको अनुहार पढ्यो एकपटक अधिकांश निन्याउरो अनुहारमा थिए । एकजना अर्कोलाई बिनमं्र भाषामा अनुनय गर्दै थियो- सर मैले एक हप्ता हुन लाग्यो भात पकाएर खान पाएको छैन आज मैले मटिट्तेल लगिन भने भातै खान नपाएर मर्छु होला । ुबित्थामा पसिएछ उ गहु्रंगो मन लिएर हुलबाट पाखा लाग्यो र लाग्यो सडकको अर्को छेउतिर । त्यहा एउटा सरकारी अफिसमा मानिसहरुको अर्को भिड थियो-त्यो भिड अरु केहीका लागि नभएर आवदेन दिनेहरुको भिड थियो । तैपनि जागिर पाइहालिन्छ कि भन्ने आशाले आएका हुन् भन्ने थाहा पाउन उसलाई गार् हो भएन । तर सडक सुनसान थियो थाहा पायो विद्यार्थी संगठनले भाडा छुट विवादमा बन्द गराएका रहेछन् । यो कतिऔं पटकको बन्द हो उसलाई त्यति हेक्का छैनसडकतर्फ टाढा हेर् यो गाडी नभएपनि मानिसहरु हतारहतार गन्तब्यमा गइरहेका थिए । कोही छोराछोरी च्यापेर हिडिरहेका थिए कोही बिरामी बोकेर सायद अस्पतालतर्फ लम्किरहेका थिए कोही ब्याग बोकेर अफिसतर्फ हिडिरहेका थिए । अझैं पनि उसले आत्महत्याको युनिक उपाय भेटिरहेको थिएन भेटेपनि उसलाई मन परिरहेको थिएन । सडक किनाराको रमिता हेर्दै हिडिरहेको थियो ग्यास डिपोमा आखाले नभ्याउन्जेलको रित्ता ग्यास सिलिण्डरको लाइन देख्यो । आयल निगमको डिपोमा स्याँउस्याँउती मोटरसाइकल कार बस लाइनमा थिए डिपोको गेटैमा लेखिएको थियो- तेल साझ ७ बजेसम्म बाडिन्छ । घडी हेर् यो चार बजिसकेको थियो । लाइन हेर् यो - मोटरसाइकल र गाडीको लाइन हेर् यो- लाइन २ ३ किलोमिटर परसम्म थियो । मानिसहरु धैर्यपूर्वक पर्खिरहेका थिए । ुतलब १० वर्षदेखि बढेको छैन महंगी बढेको बढ्यै छ के गर्ने होला ु
ुलोग्नेले रक्सी खाएर दिनदिनै कुट्छु ुबा आमा सानैमा मरे कोही छैन मेरोु ुआखा देख्दिन ठोक्किदै चिप्लदै यहा आएर बस्छु बाजा बजाउछु माग्छु र पाएको पैसाले एक छाक खान्छु सडक हिड्दै गर्दा उसले यस्ता अनेर्कौ दृश्य देख्यो । यसो बिचार गर् यो तर पनि कसैले आत्महत्या गरेका छैनन् । लखतरान् भएर घरमा पुग्यो लोडसेडिङको चुकजस्तै अध्यारोमा घर चुर्लुम्ब डुबेको थियो उसलाई मैनबत्ति सल्काउन पनि मन लागेन भात खान पनि मन लागेन । डङरंग बिच्छ्यौनामा लड्यो र निष्कर्ष निकाल्यो- ती मान्छेहरुले त हरेस खाएका छैनन्जो समस्याको पहाडसंग जुधिरहेका छन् । म किन आत्महत्या garun अनि उसले युनिक तरिकाले आत्महत्या गर्ने विचार छाड्ने निर्णय गर् यो । © अमृत दाहाल

Comments