Skip to main content

के गरिरहेका छन् गोविन्दराज जोशी अचेल?


 काठमाडौं /अमृत दाहाल

नेपाली कांग्रेस यतिखेर १४ औं महाधिवेशनको संघारमा छ। केन्द्रीय नेतृत्वमा नेताहरुको माथापच्ची जारी छ। यहीबेला पार्टीमा ५ दशकभन्दा बढी समय बिताएका एक नेता भने जिल्लामा घरदैलोमा व्यस्त छन्। २०७७ साउन १० गते पार्टीको साधारण सदस्यतासमेत नरहने गरी ५ वर्षका लागि निस्कासित नेता गोविन्दराज जोशी गृहजिल्ला तनहुँमा जनताबीच छन्। यही मंसिर १२ देखि २५ गतेसम्म जिल्ला भ्रमणको दोस्रो चरणको कार्यक्रममा व्यस्त रहेका जोशीको यो अभियानको उद्धेश्य हो–अब आउने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा चुनाव लड्नु।

‘मसित अब २ वटा विकल्प बाँकी छन्,’ क्षेत्र नम्बर १ स्थित व्यास नगरपालिकाको एउटा कार्यक्रममा आफ्ना समर्थकमाझ उनले केही दिनअघि भने, ‘एउटा राजनीति छाड्ने, अर्को जनताको टिकटबाट चुनाव लड्ने। योभन्दा अर्को विकल्प छैन।’

उनले स्वतन्त्र रुपमा चुनाव लड्ने घोषणा गत कात्तिक ३० गते आफ्नो फेसबुकमार्फत् गरेका थिए। त्यसमा उनले भनेका छन्, ‘सम्पूर्ण १ नम्बर क्षेत्रका कांग्रेस, एमाले, समाजवादी पार्टी, माओवादी, राप्रपा, अरु राजनीतिक पार्टीमा आबद्ध साथीहरुले यसपालि मलाई जिताउनुहुन अनुरोध गर्दछु।’ उनको यो घोषणाले उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिबाट टाढिने संकेत देखिएको छ। उनले १ नम्बर क्षेत्रमा परेका सम्पूर्ण समस्यालाई राजनीतिक विचारधारामा आधारित चश्माले नहेर्ने उल्लेख गर्दै यसको संकेत गरेका छन्।

उनले गत दसैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै ‘कांग्रेस नेतृत्वबाट कुनै आशा नरहेको वर्तमान अवस्थामा तनहुँ जिल्लामा आगामी स्थानीय निर्वाचनमा आफ्नो टिकट आफैं लिऔं र योग्य व्यक्तिलाई विजयी गराऔं भन्ने अभियान सुरु गर्न लागेको’ जानकारी दिएका थिए। सोही अनुसार कात्तिक २२ गतेदेखि २९ गतेसम्म पहिलो चरणमा गरेको घरदैलो अभियानका क्रममा समर्थकबाट पाएको प्रतिक्रियाले हौसिएका जोशी दोस्रो चरणको अभियानमा रहेका हुन्।

किन भएको थियो जोशीलाई कारबाही?
तनहुँमा रामचन्द्र पौडेलसँगको ‘टक्कर’ को परिणाम थियो गोविन्दराज जोशीमाथिको कारबाही। २०७४ मा भएको आमनिर्वाचनमा पार्टीले टिकट नदिएपछि जोशीले पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए। त्यसविरुद्ध पौडेलले दाबी विरोध जनाएपछि निर्वाचन आयोगले जोशीको उम्मेदवारी रद्द गर्‍यो। निर्वाचनमा पौडेल एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ सँग झण्डै ७ हजार मतले हारे। किसानले ३४ हजार ४ सय ९२ मत ल्याएका थिए भने पौडेल २७ हजार ६ सय ९० मतमा मात्र सीमित भए।

पौडेलको हारमा जोशी नै प्रमुख कारक रहेको आरोप लाग्यो। त्यतिबेला जोशीले सूर्यमा भोट हाल्न आव्हान गर्दै आफ्ना कार्यकर्ताको सूची एमालेलाई बुझाएको आरोप पनि लाग्यो। त्यसपछि २०७४ मंसिरमै तनहुँ कांग्रेसको बैठकले जोशीसहित उनका प्रस्तावक तथा समर्थक हरिशरण पाण्डे र रामदेव पन्थलाई कारबाही सिफारिस गर्‍यो।

कारबाहीको सिफारिस भएको करिब ३ वर्षपछि २०७७ साउन १० गते नेता भीष्मराज आङदेम्बे नेतृत्वको ५ सदस्यीय अनुशासन समितिले जोशीसहित पूर्वराज्यमन्त्री पुस्करनाथ ओझा र कांग्रेस डडेलधुराका सचिव रामबहादुर बिष्टलाई ५ वर्षका लागि साधारण सदस्यतासमेत नरहने गरी निस्कासित गर्‍यो। तर साउनमा कारबाहीमा परेका जोशीको कारबाही फिर्ता लिन २०७७ माघमा कांग्रेसको तनहुँ कार्यसमितिले केन्द्रमा सिफारिस गर्‍यो। उक्त सिफारिसउपर कांग्रेस केन्द्रले कुनै निर्णय लिएको छैन।

२०७४ को निर्वाचनमा पौडेलसँगको ‘टक्कर’ मा आफू पछि पारिएपछि जोशी ३ वर्ष मौन रहे। अब उनी पार्टीमा नफर्कने ‘मूड’ मा छन्। अझ गत साउनमा कांग्रेस केन्द्रले जिल्ला कार्यसमितिमा परिपत्र नै गरेर निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउने भूमिका खेल्ने बागी, प्रस्ताव र समर्थकलाई क्रियाशील सदस्यता नै नदिन भनेपछि उनी स्वतन्त्र हैसियतमा चुनाव लड्न कस्सिएका छन्। र, अहिले उनले यसलाई अभियानकै रुपमा सञ्चालन गरेका छन्।

के भन्छन् जोशी?
जोशीले हालै सञ्चालिन घरदैलो अभियानका क्रममा भनेका छन्–२०७४ को निर्वाचनमा मलाई टिकट दिने कुरा त परै जाओस्, समानुपातिकमा पनि राखिएन। मैले दरखास्त हालेपछि रामचन्द्र पौडेलले उजुर हाल्नुभो, सारा केन्द्रीय तागत लगाएर मेरो दरखास्त रद्ध गराउनुभयो।’

आफूले त्यतिबेला कसैलाई पनि रामचन्द्रलाई भोट नहाल्न नभनेको उनको भनाइ छ। ‘उहाँले किन हार्नुभो थाहा भएन, तनहुँको एउटा बुथबाट पनि जित्नु भएन। यहाँसम्म कि उहाँकै घर बाहुनपोखरामा पनि ३०० भोटले पछि पर्नुभो। हारको सबै दोष मलाई लगाएर उहाँले अहिले कांग्रेसको सदस्यता पनि मलाई नदिने निर्णय गर्नुभएको छ।’

जोशीले तनहुँका २२ सय कार्यकर्ताले केन्द्रीय कार्यालय गएर सामूहिक राजीनामा दिएको र त्यसबारे पार्टीले अहिलेसम्म कुनै टुंगो नलगाएको उल्लेख गर्दै भनेका छन्, ‘उहाँ (पौडेल)सँग नजिक रहेका हजारौंले क्रियाशील सदस्यता लिएका छन्। तर उहाँहरु सबै आनन्द मनाइरहनुभएको छ। यो परिस्थितिमा के गर्ने? मेरो हातमा केही छैन।’ उनले तनहुँमा दशौं हजार कार्यकर्ता क्रियाशील सदस्यताबाट वञ्चित रहेको पनि बताए।

‘मेरो चाहना नेपाली कांग्रेस कमजोर होस् भन्ने छैन, तर जब मलाई पार्टीबाटै बाहिर राखेर एकलौटी गर्ने प्रयास गरिन्छ, त्यो बेला मेरो भूमिका के हुनसक्छ?’ उनले भनेका छन्, ‘स्थानीय, संघीय चुनाव आउँदैछ, त्यो बेला पनि यो समस्या (आफूमाथि गरिएको कारबाही) को समाधान भएन भने मसँग राजनीतिक छाड्ने या जनताको टिकटबाट चुनाव लड्ने विकल्पमात्र बाँकी रहन्छ।’

केही समयअघि व्यास नगरपालिका २ को वडास्तरीय बैठकमा स्थानीय नेता कार्यकर्ताले तनहुँमा देखिएको पार्टी समस्या समाधान गर्न आग्रह गर्दा नेता रामचन्द्र पौडेलले ‘कुनै पनि हालतमा गोविन्दराज जोशीलाई कांग्रेस पार्टीमा आउन दिन्न’ भनेको जोशीले बताएका छन्।

तनहुँमा ‘जोशी सर’
त्रिभुवन माविको प्रधानअध्यापक रहेका बेलादेखि नै कांग्रेसको राजनीतिमा संलग्न जोशी तनहुँमा ‘जोशी सर’ का रुपमा परिचित छन्।
उनले तनहुँको त्रिभुवन माविको संस्थापक प्रधानअध्यापक रहेर ६ वर्ष निःशुल्क अध्यापन गरे भने रिसिङको शिव माविमा पनि प्रधानअध्यापकको रुपमा काम गरे। यस्तै, २ वर्ष आदिकवि भानुभक्त क्याम्पसका संस्थापकसमेत भएर काम गरे।

बिपी कोइरालाले सशस्त्र क्रान्तिको आव्हान गरेको बेलादेखि नै नेपाली कांग्रेसको संगठन निर्माण अभियानमा आफू संलग्न भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘त्यतिबेला कांग्रेस बन्न त्यति सजिलो थिएन। बल्ल बल्ल खोजेर १० जना पुर्‍याएको थिएँ। कांग्रेस बन्न कलमले सही गरेर हुँदैनथ्यो। पिनले बुढीऔंला खोपेर सदस्यता रसीदमा सही गर्नुपथ्र्याे। यो काम निकै कठीन थियो। कतिपय मानिसहरु सबै कुरा बुझिसकेपछि पनि सहीगर्ने बेलामा भाग्थे।’

जिल्लामा संगठन निर्माणमा गोवर्द्धन पोखरेललगायतको योगदान रहेको र आफू सहयोगीमात्र रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘म जिल्लामा कांग्रेस गठनमा संलग्न रहँदा पौडेल यहाँ हुनुहुन्थेन। उहाँ कहाँ हुनुहुन्थ्यो मैले भनिरहनुपर्ने कुरा होइन। तर मलगायत जिल्लाा दशौं हजार क्रियाशील सदस्यमाथि अन्याय भएको छ।’

उनले क्षेत्र नम्बर १ मा सञ्चालन गरेको घरदैलो अभियानका क्रममा अधिकांशले उनको पालामा भएको विकास निर्माणको स्मरण गर्ने गरेका छन्। ‘रुपाकोटदेखि गाउँ गाउँमा हिडेको छु। गाउँमा जाँदा मलाई भेट्न आउने वयोवृद्धहरुले तपाईं जस्तोसुकै परिस्थितिमा पार्टीको टिकट लिएर आउनुस्, दिएन भने तपाईंलाई चुन्छौं भनेका छन्,’ उनी भन्छन्।

पञ्चायतकालमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि लड्दा ४ वर्ष जेल परेका उनी तीन पटक तनहुँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। ८ वर्ष पार्टीको केन्द्रीय सदस्य र एक कार्यकाल सहमहामन्त्री भए। उनी शिक्षामन्त्री, खानेपानी तथा सरसफाई मन्त्री, जलस्रोतमन्त्री, स्थानीय विकास मन्त्री, शिक्षा तथा संस्कृति मन्त्री र गृहमन्त्रीसमेत भए। उनी शिक्षामन्त्री रहँदा एकैपटक ४० वटा माध्यमिक विद्यालयको स्वीकृति दिएर जिल्लाको शिक्षा क्षेत्रको विकासमा योगदान गरेको स्मरण तनहुँबासी गर्नेगर्छन्।

 

Comments

Popular posts from this blog

Sanghiya Samajbadi Party formed under Rai

KATHMANDU, NOV 22 - The crusaders of federalism based on single identity on Monday announced the formation of a new party under the leadership of former CPN-UML Vice Chairman Ashok Rai. The new party Sanghiya Samajbadi Party was announced at a programme organised at a function organised at New Baneshwor in the Capital. Most of the leaders and cadres of the new party are from the UML and some are also from the Nepali Congress. The 98-member central ad hoc working committee includes eight vice chairmen, one general secretary, three deputy general secretaries and five secretaries. Bijaya Subba, Durga Mani Dewan, Prem Krishna Pathak, Bir Bahadur Lama, Rakanm Chemjong, Hemraj Rai, Mohammad Rijwan Ansari and Gopal Thakur have been appointed as the vice chairmen for the party whereas Rajendra Shrestha is the general secretary. Likewise, Ajambar Rai Kangmang, Radha Timilsina and Norsang Lama are the deputy general secretaries while Mina Gurung, Horilal Ch

Kaliprasad Rijal, Senior Lyricist

 It's interview time : Moment of interview with Kaliprasd Rijal.His famous songs are, BIHANA UTHNE BITTIKAI, JHAREKO PAT JHAI BHAYO, CHARI LE TA CHHADERA GAIHALI, etc. Most of his songs were sang by Narayan Gopal, famous singer of nepal.  Remembering his old days  Young kaliprasad, with his wife  Searching his old photos  Photo pose with legend lyricist  Kaliprasad in his office IT'S ME