Skip to main content

आफ्नै आमालाई चिनाउन नचाहने पुटिन : जासुसदेखि एक ‘तानाशाही’ शासकसम्म



अमृत दाहाल 

काठमाडौं। 

सन् १९९९ मा भ्लादिमिर पुटिनले रुसको प्रधानमन्त्री पद सम्हाल्दै गर्दा उनको जीवनका बारेमा सबैलाई आश्चर्यमा पार्ने एउटा जानकारी सार्वजनिक भयो। जर्जियाको पूर्वी क्षेत्र गोरी नामक स्थानमा बस्ने भिरा पुटिना नाम गरेकी महिलाले पुटिन आफ्नो छोरा भएको खुलासा गरिन्, जुन पुटिनको आधिकारिक जीवनीभन्दा फरक थियो।

तर ती महिलाको यो कथालाई कसैले पत्याएन। शक्तिमा पुगेका पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘यो सत्य होइन।

पुटिनले आफ्नो मामाघरको हजुरबाको नाम स्पिरिडोन पुटिन भएको र उनी लेनिन र स्टालिनका भान्से भएको दाबी गर्दै आएका छन्। उनको जीवनीमा आमाको मृत्यु क्यान्सरका कारण १९९८ मा र बाबुको मृत्यु १९९९ मा भएको उल्लेख गरिएको छ।

पुटिनको जीवनका सुरुवातका १० वर्षका विवरण खासै कतै पाइँदैन, जुन विश्वका अन्य नेताहरुको तुलनामा अनौठो नै मानिन्छ।

भिराका अनुसार पुटिनका बाबुको नाम प्लाटन प्रिमालोभ थियो, जो रुसी मेकानिक थिए। उनैबाट भिरा गर्भवती भइन्। त्यसपछि प्लाटनले अर्को बिहे गरे। मेतेखी स्कुलमा १९५९–१९६० मा भर्ना हुँदा रजिस्टरमा उनको राष्ट्रियता ‘जर्जियन’ लेखिएको थियो। उनले आफ्ना छोराको बोलाउने नाम ‘भोभा’ राखेकी थिइन्। सानोमा छोरा जुडो मन पराउने उनले बताएकी थिइन्।

पुटिन जन्मिएपछि भिराले जर्जियन सैनिक जिओर्जी आसेपाहभिलिसँग बिहे गरिन्। नयाँ पतिले पुटिनलाई परित्याग गर्न दबाब दिए। त्यसपछि उनले पुटिनलाई रुसस्थित माइतीमै छाडेर फर्किइन्। र, पुटिनको आधिकारिक जीवनीमा उनका मामाघरका हजुरबा हजुआमाको नाम उल्लेख गरियो।

उनले पुटिन केजीबी अफिसर भएको थाहा पाएको र १९९९ मा टेलिभिजनमा देखेपछि पुटिनलाई चिनेको बताएकी थिइन्। उनले त्यतिखेर रुस र जर्जियाका मानिसहरुले आफूलाई चुप लाग्न दबाब दिएको बताएकी थिइन्। यस्तै, पुटिनलाई स्कुलमा पढाएकी एक पूर्वशिक्षिकाले पनि चुप लाग्न आफूलाई चेतावनी दिइएको बताएकी थिइन्।

भिराले आफू डिएनए परीक्षणका लागि तयार भएको बताएकी थिइन्।

यस्तै, भिरासँग जोडिएका दुई व्यक्तिको मृत्यु रहस्यमय रुपमा भयो। रुसी पत्रकार आर्टयोम बोलोभिकले भिरालाई समावेश गर्दै एक डकुमेन्ट्री बनाइरहेका थिए। उनको रहस्यमय रुपमा भएको विमान दुर्घटनामा मृत्यु भयो। अर्का इटालियन पत्रकार एन्टोनियो रुस्सो पनि भिरा पुटिनाका बारेमा लेख्दै थिए। उनको पनि हत्या भयो।

भिराले पुटिन आफ्नो छोरा भएको दाबी गरेको भिडियो पनि सार्वजनिक भएको थियो। उक्त भिडियोमा स्थानीय गाउँलेले बालक भोभाबारे स्मरण गरेका थिए। बेलायतको डेली टेलिग्राफका पत्रकारले सोही समयमा भ्लादिमिर पुटिन नाम गरेका विद्यार्थी रहेको प्रमाण फेला पारेका थिए।

पुटिनाको भिडियो टर्कीको टेलिभिजनमा पनि प्रसारित हुनेवाला थियो। त्यहीबेला रुस र टर्कीबीच ग्यास पाइपलाइनबारे वार्ता हुँदै थियो। त्यसपछि उक्त भिडियो टर्कीमा कहिल्यै प्रसारण भएन।

पुटिनले आफ्नो जीवनीमा आफू साधारण परिवारबाट आएको र १९६० तिर आफू विद्यालय भर्ना भएको बताउने गरेका छन्। सोही समयमै भिराले छोरालाई रुसस्थित आफ्नो बाबु भ्लादिमिर स्पिरिडोनोभिच र आमा मारिया इमानोभा पुटिनाकहाँ पठाएको बताएकी छन्।

भिराले भनेकी थिइन्–भोभाले अझै मेरो थर राखेको छ, तर उ मलाई आफ्नो आमा हो भनेर चिनाउन चाहँदैन।’

भिडियो सार्वजनिक भएपछि केजीबीका अधिकारीहरु उनको घर पुगे। उनका पूराना फोटोहरु लिए र यसबारे कसैलाई भन्ने अनुमति नभएको आदेश दिएर फर्किए।

संसारले थाहा पाएको बाल्यकालको पाटो
लेनिनग्राद सहर (हाल सेन्ट पिटर्सबर्ग) दोस्रो विश्वयुद्धमा ९ सय दिनसम्म नाजी जर्मनीको नियन्त्रणमा रह्यो। पूरै सहर भोकमरीको चपेटामा पर्‍यो। भोकमरीकै कारण १० लाख मानिसहरु मृत्युको मुखमा परिसकेका थिए। यसमा उनको परिवार पनि अछुतो रहेन। परिवारका अधिकांश सदस्यको मृत्यु भयो।

त्यही लेनिनग्राद सहरमा सन् १९५२ को अक्टोबर ७ का दिन पुटिनको जन्म भएको थियो। पुटिनका पिता युद्धमा खटिएका थिए। आमा मारिया भोकमरीले मृत्युको मुखमा पुगेकी थिइन्। पुटिनले आफ्नो जीवनीमा लेखेका छन्–‘आमा भोकका कारण बेहोस भइन्। त्यसपछि मानिसहरुले उनी मरिसकेको ठाने र चिहानमा गाड्न लगे। सौभाग्यवश आमा उठिन् र रुन थालिन्।’

आमा मारिया इमानोभा पुटिनासँग पुटिन

त्यतिखेर विश्वयुद्धबाट २८ जनामात्र फर्कन सफल भए। त्यसमध्ये उनका पिता पनि थिए। तर, घाइते भएर फर्किएका कारण उनी जीवनभर अपांग भएर रहे।

पुटिनका दुई दाजुमध्ये एक जनाको डिप्थेरिया र अर्काको बाल्यकालमा लाग्ने रोगका कारण मृत्यु भयो। तर उनी बाँच्न सफल भए। उनी परिवारसँग एक सामुदायिक आवासमा बस्थे, जहाँ अरु दुई परिवार पनि रहन्थ्यो। उनी पढेको स्कुलकी पूर्वशिक्षिक भिरा दिमित्रिएभ्ना गुरेभिचले भनेकी छन्, ‘त्यो घरमा न तातो पानीको व्यवस्था थियो, न बाथटब। शौचालय पनि खराब थियो। वास्तवमा त्यो घर निकै चिसो थियो।’

पुटिन सडकमा हुर्कँदै गए। सानोमा उनलाई अरुले सार्‍है जिस्क्याउथे।

१९६० को सेप्टेम्बर १ का दिन उनी घरनजिकैको स्कुलमा भर्ना भए।

लेखिका माशा गेसेनलेले आफ्नो पुस्तक ‘दि म्यान विदाउट अ फेसः दि अनलाइक राइज अफ भ्लादिमिर पुटिन’ मा लेख्छिन्–पुटिनका बाबुआमा चौबिसै घण्टामा काममा खटिन्थे। आमा विभिन्न खालको अदक्ष काम गर्थिन्। बाबु उद्योगमा काम गर्थे। अनि उनीचाहिँ दिनभरि साथीहरुसँग खेलेर बिताउँथे।

१२ वर्षको उमेरमा साम्बो (एक खालको मार्शल आर्ट्स ) सिक्न नथाल्दासम्म उनी अरुको हेँलाको पात्र भइरहे। साम्बोपछि उनी जुडो सिक्न थाले। पछि ब्ल्याकबेल्टको उपाधि पनि लिए। उनले सन् २०१५ को एक अन्तर्वातामा भनेका छन्, ‘५० वर्षअघि लेनिनग्रादको सडकले मलाई शासन गर्न सिकायो, यदि लडाइँ अपरिहार्य छ भने पहिलो पन्च प्रहार गरिहाल।’ फुर्सदको समयमा माक्र्स, एंगेल्स र लेनिनका पुस्तक पनि पढ्थे।
माशा लेख्छिन्, ‘उनी एकदम बहादुर र निकै महत्वाकांक्षी मानिस हुन्। जुन उनका बाबुआमाबाट सिकेका हुन्।’

क्रेमलिनको वेबसाइटमा लेखिएअनुसार उनी सानैदेखि गुप्तचरमा काम गर्न चाहन्थे। त्यसैले उनी एक दिन सरासर केजीबीको मुख्यालय पुगे र भर्ना हुन चाहेको बताए। तर अधिकारीहरुले उनलाई पहिले कानुन स्कुल भर्ना हुन सल्लाह दिए।

त्यसैले स्कुल पूरा नगरे पनि उनले स्वयंसेवकका रुपमा १६ वर्षकै उमेरदेखि गुप्तचरको काम थाले।

उनले १९७० मा लेनिनग्राद स्टेट युनिभर्सिटीबाट कानुनमा डिग्री हासिल गरे। त्यसपछि केजीबीका लागि छानिएका १ सय जनामा उनी पनि परे।

उनको स्कुल जीवनका सहपाठी र केजीबीका सहकर्मीसमेत रहेका पाभेल कोशेलेभ भन्छन्–उनी विलक्षण खालका व्यक्ति हुन् र उनमा लडाका भावना थियो र उद्धेश्य पूरा गरेरै छाड्ने भावना पनि।’

केजीबीको सेवा सुरुवातका बेला लेनिनग्रादमा खटिँदा उनको काम विदेशी र कन्सुलर अधिकारीको निगरानी गर्ने थियो। सन् १९८० को दशकको अन्त्यतिर उनी पूर्वी जर्मनीको ड्रेस्डेन खटिए, जहाँ उनले अनुवादकको रुपमा गुप्तचरको काम गरे।

पुटिनले अन्तर्वार्ताहरुमा राष्ट्रपतिका लागि आफूलाई केजीबी करिअरले सहयोग गरेको बताउने गरेका छन्। सोहीकारण उनी अझै पनि दैनिक १७ घण्टासम्म काममा खटिन्छन्, जसले उनको निजी जीवनमा समेत प्रभावित पार्‍यो।

उनले सन् २०१४ मा ल्युडमिला पुटिनासँगको ३ दशक लामो दाम्पत्य जीवन अन्त्य गरे। ल्युडमिलाले त्यतिखेर भनेकी थिइन्–‘हाम्रो बिहे यसकारण अन्त्य भयो कि हामीले मुस्किलले एक अर्कालाई देख्न सक्थ्यौ। भ्लादिमिर सधैं काममा आफूलाई पूर्ण रुपमा समाहित गर्छन्।’

तर जर्मन लेखक एरिक शिमिद एनबूमले पुटिनले १९८० को दशकमै शारीरिक रुपमै ल्युडमिलालाई दुव्र्यवहार गरेको र त्यसपछि उनीहरुबीच कुनै सम्बन्ध नभएको दाबी गरेका छन्।

पुटिनको मनोविज्ञान
केही लेखकहरुले उनी बाल्यकालमा आफ्ना जैविक बाबुआमाको मायाबाट वञ्चित रहेको बताउने गर्छन्। उनी सानोमा सरोगेट परिवारमा हुर्किए र अलि ठूलो भएपछि उनलाई जैविक बाबुआमाकहाँ पठाइयो।

राजनीतिशास्त्री स्टानिस्लाभ बेल्कोस्की भन्छन्–त्यो उनका लागि निकै दुःखद क्षण थियो, यसपछि उनलाई मानिसहरुप्रति अविश्वास जाग्न थाल्यो र पशुहरुप्रतिमात्र सहज मान्न थाले।

सम्भवतः यहीकारण पुटिन क्रेमलिनमा कोनी र बफी नामका दुई कुकुरसँग समय बिताउन मन पराउँछन्।

‘आजीवन’ राष्ट्रपति
सन् १९९९ मा बोरिस येल्तसिनको सहयोगमा प्रधानमन्त्री बनेका पुटिन त्यसपछि निरन्तर रुसको सत्तामा छन्। प्रधानमन्त्री भएलगत्तै भएको राष्ट्रपति निर्वाचनमा उनी लोकप्रिय मतका साथ विजयी भए। सन् २००० मा पहिलोपटक र २००४ मा दोस्रोपटक राष्ट्रपति भएका उनी २००८ देखि २०१२ सम्म आफ्ना सहयोगी दिमित्री मेदभेदेभलाई राष्ट्रपति बनाउँदै पुुनः प्रधानमन्त्रीमा सीमित भए। त्यतिखेर दुई कार्यकालमात्र राष्ट्रपति बन्न पाउने कानुनी प्रावधान थियो।

तर २०१२ मा पुनः ६ वर्षे कार्यकालको राष्ट्रपति भए। २०१८ मा भएको चुनावमा पुनः ७६ प्रतिशत मतका साथ निर्वाचित भए। उनको अहिलेको चौथो कार्यकाल २०२४ मा सकिँदैछ। तर उनले संविधानमा संशोधन गरेर २०३६ सम्ममा राष्ट्रपति बन्ने बाटो खुला गरिसकेका छन्।

उनले सत्तामा आएपछि सञ्चारमाध्यमलाई नियन्त्रण गर्न थाले भने आफ्ना आलोचनालाई दबाउन थाले। रुसमा करिब ३ हजार टेलिभिजन भए पनि राजनीतिसँग सम्बन्धित समाचार देखाउन सरकारको अनुमति लिनुपर्छ।
रुसी राजनीतिक विश्लेषकहरुले उनी दलगत राजनीतिभन्दा धेरै माथि रहेको भन्दै उनी ‘नयाँ जार’ बन्ने बाटोमा देखिएको बताउने गर्छन्। उनले गरेको शासनलाई स्टालिन, एलेक्जेण्डर द्वितिय र निकोलस प्रथमकै जस्तो लामो अवधिको भनेर तुलना गर्ने गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाे सहयाेगमा

Comments

Popular posts from this blog

Sanghiya Samajbadi Party formed under Rai

KATHMANDU, NOV 22 - The crusaders of federalism based on single identity on Monday announced the formation of a new party under the leadership of former CPN-UML Vice Chairman Ashok Rai. The new party Sanghiya Samajbadi Party was announced at a programme organised at a function organised at New Baneshwor in the Capital. Most of the leaders and cadres of the new party are from the UML and some are also from the Nepali Congress. The 98-member central ad hoc working committee includes eight vice chairmen, one general secretary, three deputy general secretaries and five secretaries. Bijaya Subba, Durga Mani Dewan, Prem Krishna Pathak, Bir Bahadur Lama, Rakanm Chemjong, Hemraj Rai, Mohammad Rijwan Ansari and Gopal Thakur have been appointed as the vice chairmen for the party whereas Rajendra Shrestha is the general secretary. Likewise, Ajambar Rai Kangmang, Radha Timilsina and Norsang Lama are the deputy general secretaries while Mina Gurung, Horilal Ch

Kaliprasad Rijal, Senior Lyricist

 It's interview time : Moment of interview with Kaliprasd Rijal.His famous songs are, BIHANA UTHNE BITTIKAI, JHAREKO PAT JHAI BHAYO, CHARI LE TA CHHADERA GAIHALI, etc. Most of his songs were sang by Narayan Gopal, famous singer of nepal.  Remembering his old days  Young kaliprasad, with his wife  Searching his old photos  Photo pose with legend lyricist  Kaliprasad in his office IT'S ME