काठमाडौं, ८ माघ– डा. गोविन्द केसीको आमरण अनसनको समर्थनमा रेजिडेन्ट डाक्टरहरुले भोलिदेखि काठमाडौंको टुँडिखेलमा खुला ओपीडी सञ्चालन गर्ने भएका छन् ।
नेपाल चिकित्सक संघले भोलिदेखि टुँडिखेलमा सञ्चालन हुने वृहत स्वास्थ्य शिविरमा आएर उपचार गराउन सर्वसाधारणमा अपील गरेको छ । आन्दोलनरत डाक्टरहरुले अस्पताल आएका सर्वसाधारणले त्यसै फर्कन नपरोस् भनेर केहीदिनदेखि अस्पतालबाहिर ओपीडी सेवा दिइरहेका छन् ।
यसैबीच, चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झाले कित्ताकाट गरेर अगाडि बढ्न र भोलि टुँडिखेलमा गएर उपचार गर्न सम्पूर्ण चिकित्सकहरुलाई आग्रह गरेका छन् ।

Comments