काठमाडौं, ७ माघ– सरकारले डा. गोविन्द केसीमा
माग पूरा गरी समस्या समाधान गर्न पहल नगरेको भन्दै नेपाल चिकित्सक संघले
सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामा गर्ने चेतावनी
दिएको छ ।
संघले आज पत्रकार सम्मेलन गरी सरकारले माग पूरा गर्न चासो नेदेखाएको भन्दै सामूहिक राजीनामाको चेतावनी दिएको हो ।
संघले आन्दोलन जारी रहेको जनाउँदैं सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै अत्यावश्यक सेवा इमर्जेन्सीबाट प्रदान गर्न अस्पतालहरुलाई आव्हान गरेको छ । सरकारले समस्या समाधानमा तत्परता नदेखाई बल प्रयोग गरे सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामा दिने संघले चेतावनी दिएको छ ।
यस्तै, संघले डा. गोविन्द केसीको जीवनरक्षार्थ गरिएका प्रयासहरुबाट स्वास्थ्य सेवामा पर्न जाने असुविधाहरुप्रति दुःख व्यक्त गर्दै यस कदमबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार हुने जनाएको छ ।
चिकित्सक संघको विज्ञप्तिको पूर्ण अंश :
नेपाल चिकित्सक संघ
प्रेश विज्ञप्ती
आमरण अनसनमा बस्नु भएका प्रा. के.सी.को जीवन रक्षालाई प्राथमिकतामा राख्दै,
स्वास्थ्य क्षेत्रमा भएका विकृती, विसंगति र माफियातन्त्रको अन्त्यका साथै सर्वसाधारण
नेपालीहरुको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउँने मुख्य उद्देश्य बमोजिम नेपाल
चिकित्सक संघले सम्पूर्ण सरोकारवाला निकायहरुको छलफल र सहमति अनुसार मिति
२०७० माघ ५ गते देखि निरन्तर रुपमा नेपालका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा
अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द गर्दै आईरहेको यहाँहरुलाई
अवगत नै छ ।
यस्तो परिस्थितिमा सम्मानीत सर्वोच्च अदालले दिएको आदेशलाई उच्च सम्मान गर्दै
अत्यावश्यक स्वास्थ्य सेवाहरु ईमरजेन्सी सेवाबाट प्रदान गर्न गराउन नेपाल चिकित्सक
संघ सम्बन्धित सबैमा हार्दिक आह्वान गर्दछ ।
संघद्धारा संचालित गरिने आन्दोलनले देशको समग्र स्वास्थ्य क्षेत्रलाई विकृती, विसंगती र
माफियातन्त्रबाट बचाउन कडा कदम चाल्न बाध्य पारेको पुनः स्मरण गराउँदै यस महान
कार्यमा सबैको पूर्ण समर्थन र ऐक्यबद्धताका लागि समेत हार्दिक अपिल गरिन्छ ।
आमरण अनसनमा बसेका प्रा. गोविन्द के.सी.को जीवन रक्षार्थ गरिएका सम्पूर्ण
प्रयासहरुबाट स्वास्थ्य सेवामा पर्न जाने असुविधाप्रति संघ गहिरो दुःख व्यक्त गर्दछ । उक्त
कदमबाट सिर्जना हुने कुनै पनि अप्रिय कार्यको जिम्मेवारी नेपाल सरकार नै हुने नेपाल
चिकित्सक संघको ठहर छ ।
पुनश्चः समस्या समाधानमा सक्रिय तत्परता नदेखाई सरकारबाट बल प्रयोग गर्ने प्रयास
भएमा नेपालका सम्पूर्ण चिकित्सकहरु एवं स्वास्थ्यकर्मीहरु सामुहिक राजीनामा दिन बाध्य
हुने कुरा समेत जानकारी गराईन्छ ।
भवदीय,
डा. मुक्तिराम श्रेष्ठ
महासचिव

Comments