काठमाडौं, ७ माघ– डा. गोविन्द केसीका माग पूरा
गर्न सरकारले पहल नगरेको भन्दै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका सबै
चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
अस्पतालमा कार्यरत सिनियर र जुनियर सबै डाक्टरहरुले कार्यकारी निर्देशक डा. भगवान कोइरालालाई राजीनामा बुझाएका हुन् ।
चिकित्सक संघले सरकारले समस्या समाधान गर्न तत्परता नदेखाएमा देशभरका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिने चेतावनी दिएलगत्तै शिक्षण अस्पतालका चिकित्सकहरुले राजीनामा दिएका हुन् ।
यस्तै, कार्यकारी निर्देशक डा. भगवान कोइरालाले पनि राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ ।

Comments