अमृत दाहाल
माओवादीद्वारा क्षतिग्रस्त बनाइएका विभिन्न जिल्ला सदरमुकामका सरकारी कार्यालयहरुको पुनर्निर्माणका लागि सरकारले रकम उपलब्ध गराउने निर्णय गरेपछि शहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा मर्मत तथा पुनर्निर्माणको कार्य छिट्टै शुरु हुने भएको छ ।माओवादी आक्रमणबाट क्षतिग्रस्त भएका अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र जुम्लाको खलंगास्थित सरकारी कार्यालयहरुको मर्मत तथा पुनर्निर्माणका लागि सरकारले प्रतिजिल्ला १ करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।गृह मन्त्रालयका प्रवक्ता गोपेन्द्रबहादुर पाण्डेले उक्त रकम अर्थ मन्त्रालयबाट निकासा हुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।ती सदरमुकामहरुको पुनर्निर्माणका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा शहरी विकास तथा भवन निर्माण विभागका डिभिजनल इन्जिनियर सदस्यसचिव रहेको पुनस्र्थापना तथा पुनर्निर्माण समिति गठन गरिएको छ । प्रवक्ता पाण्डेले हाल समितिको लगत एवम् इस्टिमेट तयार गर्ने काम भइरहेको र रकम पुगिसकेपछि निर्माण शुरु हुने बताउनुभयो । ँध्वस्त भएका कार्यालयहरुको स्थलगत निरीक्षण गरेर लगत इस्टिमेट तयार गर्ने काम भइरहेको छ’ शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक किशोर थापाले भन्नुभयो- ँपुनर्निर्माण गर्दा जिल्ला प्रशासन प्रहरी हुलाक र अस्पताललाई प्राथमिकता दिइनेछ ।’ पुनर्निर्माणका लागि विभागले प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।यसै गरी अछामको मंगलसेनमा हुलाक कार्यालयको पुनर्निर्माणको कार्य शुरु गरिएको विभागले जनाएको छ । अर्घाखाँचीको सन्धिखर्कमा लगत इस्टिमेट तयार पार्नका लागि रुपन्देहीस्थित डिभिजनल कार्यालयलाई निर्देशन दिइसकिएको उपमहानिर्देशक थापाले बताउनुभयो ।यस्तै अछामको मंगलसेन पुनर्निर्माणका लागि पहिल्यै ५० लाख रुपियाँ निकासा भइसकेको र त्यसबाट १० वटा कार्यालयको पुनर्निर्माण कार्य समाप्त भइसकेको प्रवक्ता पाण्डेले बताउनुभयो । ँथप निर्माण कार्यका लागि रकम निकासा गर्न माग भइरहेको छ’ -उहाँले भन्नुभयो । माओवादी आक्रमणकारीहरुले भौतिक संरचनामाथि आक्रमण गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय िसंचाइ खानेपानी विद्युत् दूरसाचार स्वास्थ्यचौकी सडकलगायतका कार्यालयहरुलाई निसाना बनाएका थिए । तर केही समयअगाडि माओवादीले जनसरोकारका भौतिक संरचनामाथि आक्रमण नगर्ने धारणा सार्वजनिक गरेको थियो । (यो अर्को समाचार चाहि २००४ जनवरी ९ को, नेपाल समाचारपत्रमा नै )
Comments