पत्रकारको सम्झनामा स्मारक


विश्वमा द्वन्द्वको अवस्था कम हुदैं जानुको सट्टा चुिलंदो छ । हरेक देशमा कुनै न कुनै विद्रॊह तथा युद्ध चर्किरहेको छ । यस अवस्थामा पत्रकारहरु समेत द्वन्द्वको मारमा परेका छन् । प्रेस स्वतन्त्रताको आवाज उठाइदैं जुदा पत्रकार तथा साचारकर्मीहरु मारिने क्रम रोकिएको छैन झन् बढ्दो छ । इराक तथा अफगानिस्तानमा अमेरिकी हमला भएयता पत्रकार मारिने क्रम बढेको हो । यसैैक्रममा अमेरिकी संस्था पि्रुडम फोरमले कार्य क्षेत्रमा खटिने क्रममा मारिएका विश्वभरका पत्रकारहरुको सम्झनामा वाशिङगटनको पि्रुडम पार्कमा पि्रुडम फोरम जर्नालिस्ट मेमोरियल नामको स्मारक निर्माण गरेको छ । त्यहु सन् २००४ सम्ममा मारिएका विश्वभरका १ हजार ५ सय २८ पत्रकारहरुको नाम अंकित गरिएको छ । जसमा मारिने पत्रकारको नाम क्रमशः थपिदै जान्छ । मारिने पत्रकारको नाम पि्रुडम फोरमका कर्मचारीहरुले कमिटि टु प्रॊटेक्ट जर्नालिस्ट इन्टरनेशनल प्रेस इ_िन्सच्युट इन्टरनेशनल पि्रुडम अफ एक्सप्रेसन रिपोटस्र साँ प्रुन्टियस्र इन्टरनेशनल फेडेरेशन अफ जर्नालिस्ट इन्टर अमेरिकन प्रेस एशोसियसन जस्ता प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाइरहेका संस्थाहरु तथा समाचार र अन्य विभिन्न स्रोतहरुबाट संकलन गर्ने गरेका छन् । स्मारकमा पत्रकारको सूची समावेश गराइनु अघि पत्रकारहरु मारिनुको कारणबारे अध्ययन गरिन्छ । त्यहु नेपालका चारजना पत्रकारको नाम पनि अंकित गरिएको छ । जसमा सन् २००२ मा मारिएका नवराज शर्मा २००३ मा मारिएका ज्ञानेन्द्र खड्का र २००४ मा मारिएका पदमराज देवकोटा तथा डेकेन्द्रराज थापा छन् । २०५९ जेठ ४ गते कालिकोट सिपखानास्थित आ७३टछछघघसनै घरबाट अपहरण गरिएका स्थानीय कदम पत्रिकाका सम्पादक नवराज शर्मालाई माओवादीले निर्मम हत्या गरेका थिए । यस्तै राष्ट्रिय समाचार समितिका पत्रकार ज्ञानेन्द्र ख्ड्कालाई २००३ को सेप्टेम्बर ७ मा अपहरणपछि माओवादीले हत्या गरेका थिए । रेडियो नेपालका दैलेख सम्वाददाता डेकेन्द्रराज थापालाई गत साउन २७ गते माओवादीले अपरहण पछि हत्या गरेका थिए भने भुरिचुला पत्रिकासंग आबद्ध पदमराज देवकोटा २००४ को फेब्रुअरि ७ मा मारिएका थिए । स्मारकमा २००४ को हालसम्म मारिएका ५२ पत्रकारको नाम समेत समावेश छ जसमा इराकमा मारिनेहरुको संख्या बढी छ । त्यहु पाकिस्तानका ९ श्रीलंकाका १४ बेलायतका ७ अमेरिकाका १ सय ५ रसियाका ६० जापानका ३० भारतका ६१ चीनका ९ बंगलादेशका ९ अफगानिस्तानका २० र इराकका २६ जना लगायतका देशका पत्रकारको नाम समावेश छ । २००४ को हालसम्म मारिने ५२ मध्ये दक्षिण एशियामा भारतका ३ बंगलादेशका २ पाकिस्तानका र श्रीलकंाका एक-एक जना रहेका छन् । प्रेस स्वतन्त्रताका लागि कार्यरत अर्को अमेरिकी संस्था कमिटि टु प्रोटेक्ट जर्नालिस्ट सीपीजेको तथ्यांकअनुसार इराकमा सन् २००३ को मार्चमा अमेरिकी आक्रमण शुरु भएयता कार्यक्षेत्रमा खटिएका ३५ पत्रकारले ज्यान गुमाएका छन् । जसमा १७ जना इराकी युरोपियन मुलुकका ९ अन्य अरबी मुलुकका ३ अमेरिकाका १ जना र अन्य देशका ५ नना रहेका छन् । ३५ मध्ये ३३ पुरुष र २ महिला छन् । यसमा सबैभन्दा ठूलो संख्या फोटोपत्रकारहरुको १६ जना रहेको छ । इन्टरनेशलन प्रेस इ_िन्सच्युटका अनुसार विगत एक दशकभित्र विश्वभरका ५ सय पत्रकारहरुले समाचार लेखेकै कारण कार्यथलोमा खटिएकै बेला ज्यान गुमाएका छन् र यो क्रम बसे्रनि बढ्दो छ । हरेक वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसलाई पि्रुडम फोरमले समाचार संकलनका क्रममा आफनो ज्यान गुमाएका सम्वाददाता सम्पादक फोटो पत्रकार र प्रसारकहरुको स्मरणमा समर्पित गर्छ । (नेपाल पत्रकार महासंघको बुलेटिन पत्रकारितामा प्रकाशित ) प्रस्तुतीः अमृत दाहाल

Comments

Popular posts from this blog

एमसीसी भर्सेस बीआरआई : दुई महाशक्ति मुलुकको ‘ब्याटलग्राउन्ड’ बन्दै नेपाल

कविता : यो भोटो कसको ?

Kaliprasad Rijal, Senior Lyricist