Skip to main content

कार्टुन विवाद



अखबारमा कार्टुन मनोर~ाजनका लागि छापिन्छ । तर त्यही कार्टुन अहिले युरोपेली राष्ट्रका लागि टाउको दुखाईको विषय भएको छ केही मानिसको ज्यान लिइसकेको छ आगजनी िहंसा फैलिएको छ लेबलानका गृहमन्त्रीले समेत राजीनामा दिनुपरेको छ । डेनमार्कको युलास पोस्टन नामको अखबारले मुस्लिमका धर्मगुरु पैगम्बर मोहम्मदको कार्टुन छापेपछि शुरुमा मुस्लिम समुदायले सामान्य असहमती जनाएका थिए । तर विस्तारविस्तार यो असहमती विवादको रुप लिदैं भुसको आगोझै्र फैलिएर अहिले िहंसामा परिणत भएको छ । विश्वका मुस्लिम समुदायहरुको आक्रोशले युरोपका डेनमार्क नर्वे र स्पेनलगायत देश र मुस्लिम देशबीचको संवन्धमा पनि चिसोपना आएको छ । कट्टरपन्थी मुस्लिम समुदायको आक्रोशको निशाना कार्टुन प्रकाशित गर्ने अखबार युलास पोस्टन र देश डेनमार्क बनेका छन् ।विवाद िहंसातर्फ युलास पोस्टनले पहिलोपटक गत सेप्टेम्बरमा पैगम्बर मोहम्मदसंवन्धी १२ वटा कार्टुन प्रकाशित गरेपछि विवाद शुरु भएको थियो । झन् नर्वे तथा प्रुान्सका अखबारहरुले डेनमार्कको सो पत्रिका लाई साथ दिन सोही कार्टुन प्रकाशित गरेपछि ५ महिना पछि विवाद झन् चर्कियो । कार्टुनविरुद्धको प्रदर्शन खासगरी मुस्लिमबहुल देशमा केन्द्रित छ । अफगानिस्तानको मिहतरलनाम शहरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउदा दुई व्यक्तिको मृत्यु भइसकेको छ । भारतप्रशासित कश्मीरमा स्थानीय बार एशोसियसनले गत सोमबार आमहडतालको आयोजना गर् यो । प्रदर्शनकारीहरुले लेबनानको बेरुतस्थित डेनिस दुतावासमा आगजनी गरे । यसघटनापछि लेबनानका गृहमन्त्री हसन अल सबाले राजीनामासमेत दिनुपर् यो । सो घटनामा एक व्यक्तिको मृत्यु हुनाको साथै ३० जना घाइते र सयौं गिरफ्तार भएका थिए । सो िहं्रसामा सिरियाको हात भएको त्यहाका राजनीतिक दलले आरोप लगाए । किनभने त्यहा पक्राउ परेका मध्ये अधिकांश सिरियालीहरु थिए । यस्तै प्रदर्शनकारीले सिरियाको राजधानी दमास्कसस्थित डेनमार्क र नर्वेको दुतावासमा आगजनी गरे । गत आइतवारपनि बेरुतको डेनिस दुतावासअगाडि सुन्नी मृुसलमान समुहले प्रदर्शनगरेको थयो । कार्टुन छापेकोमा डेनमार्कले माफी माग्नुपर्ने अरब मुलुकको माग छ । कार्टुनको विरोधमा प्यालेस्टाइन बंगलादेश इण्डोनेशिया इराक इजिप्ट तथा टर्कीका कैयौं शहरमा विरोध भयो । िहंसा बढ्न थालेपछि डेनमार्क र नर्वेले सिरिया छाड्न आफ्ना नागरिकलाई अनुरोध समेत गर्नुपर् यो ।
सम्पादकको समेत जागिर गयो प्रुान्सको प्रुान्स प्रुान्स स्वाङ नामक अखबारले पनि डेनमार्कको पत्रिकाप्रति समर्थन जनाउन कार्टुन छाप्यो । तर मुस्लिमको भावनामा खेलबाड गरेको आरोपमा त्यसका सम्पादक ज्याक लेफराले जागीरबाट समेत हात धुन पर् यो । सो अखबारले बौद्ध यहुदी मुस्लिम इशाईका पवित्र हस्ती बादलमाथि भएको कार्टुन आफनो मुख पृष्ठमा छाप्यो जसमा भनिएको छ - मोहम्मद चिन्ता नगर यस ठाउमा हाम्रो चित्र पनि छापिएको छ । यस्तै मोहम्मदको कार्टुन प्रकाशित गर्ने जोर्डनको शिहान साप्ताहिक पत्रिकाका जिहाद मोमानी र हिशाम खालिदीलाई जोर्डान प्रहरीले पक्राउ गर् यो । बिक्रीमा प्रतिवन्धविवाद बढ्दै जादा कार्टुन छाप्ने देशका उत्पादन बहिस्कारसम्म आइपुग्यो । अरब तथा मध्यपूर्वमा डेनमार्कको उत्पादन आयातमा प्रतिवन्ध लगाए । स्क्यान्डेनिवियाको सबैभन्दा ठुलो दुध कम्पनी अरलाले आफ्नो उत्पादनको बिक्री अरब देशमा पूरा रुपले रोक लगाइएको कुरा सार्वजनिक गर्नुपर् यो । पहिलोपटक कार्टुन प्रकाशित गर्ने युलास पोस्टनले मुस्लिम समुदायको भावनामा चोट पुगेकोमा माफीसमेत मागेको छ । तर उसले आफ्नो अभिव्यक्ति र प्रकाशन स्वतन्त्रता रहेको बताएको छ । प्रतिकि्रयाहरुलेबलानमा भएको सो िहंसा र पैगम्बर मोहम्मदको कार्टुन छाप्ने युरोपेली अखबारको अमेरिका र बेलायतले कडा आलोचना गरे । वािशंगटनस्थित विदेश मन्त्रालयले कार्टुनलाई अपमानजनक बताउदैं धार्मिक घृणा फैलाउनुलाई स्वीकार गर्न नसकिने बतायो भने बेलायतका विदेशमन्त्री ज्याक स्ट्रले अभिव्यक्ति स्वतन्त्रताले अपमान गर्ने अधिकार नदिने बताए । यस मामलालाई लिएर युरोपमा बहस जारी छ र यसलाई राजनीतिक रुपबाट समेत हेरिन थालिएको छ । डेनमार्कबाट युरापेली संसदमा प्रतिनिधित्व गरेका पिटर बन्ड भन्छन् - मामला कार्टुनको मात्र होइन यो वर्षौदेखिको अपमानको नतिजा हो । हामी पश्चिमी देशले मुस्लिम देशलाई दशकौंसम्म उपनिवेश बनाएर राख्यौं विकास हुन दिएनौं यसमा खासगरी बेलायत र प्रुान्स जिम्मेवार छन् । बन्डका अनुसार मध्यपुर्वमा लगातार तनाव अमेरिकाको इजरायललाई समर्थन र प्यालेस्टाइनलाई आफ्नो देश नदिनुजस्ता मुद्धाको असर अहिले प्रतिकि्रयाको रुपमा आएको छ । अफगानिस्तानका प्रधानमन्त्री हमीद कारजाईले क्षमाशिल बन्न मुस्लिम समुदायाई आग्रह गर्नुभयो । यस्तै पाकिस्तानको माथिल्लो संसदले पनि एक प्रस्ताव पारित गर्दै कार्टुनको आलोचना गर् यो । भ्याटिकन सिटीका अधिकारीहरुले पनि काटुर््नको आलोचना गर्दै पश्चिमी सभ्यतालाई आफ्नो सीमा थाहा पाउन अनुरोध गरेका छन् । यस्तै इजिप्टका राष्ट्रपति होस्नी मुबारकले अभिव्यक्ति स्वतन्त्रताको नाममा कुनैपनि धार्मिक भावनामा चोट पुर् याउन नहुने बताएका छन् । कुटनीतिक संकटसो कार्टुनको विषयलाई लिएर कुटनीतिक संकट पैदा गराएको डेनमार्कका प्रधानमन्त्री एन्डस्र रसमुस्सेनले बताएका छन् । उनले एक अरबी टीभी च्यानलसमक्ष माफी पनि मागेका छन् साथसाथै अभिव्यक्ति स्वतन्त्रताको पनि बचाउ गरेका छन् । उनले समाचारपत्रको कुनैपनि प्रकाशनमा सरकार जिम्मेवार नहुने बताए । छापिएको मध्ये एक कार्टुनमा पगरी पहिरिएका मोहम्मदको टाउकोमा टाइम बम फिट गरिएको छ । किन छापियो कार्टुनमुस्लिम कट्टरपन्थीको तारो भएपछि युलास पोस्टनलाई सुरक्षा दिनु परेको थियो भने त्यहा कार्यरत कार्टुनिष्ट भूमिगत हुनुपरेको थियो । कट्टरपन्थीहरुले अखबारको कार्यालयमा बम आक्रमण गर्ने र कार्टुनिष्टको हत्या गर्ने धम्की दिएका थिए । एकजना डेनिस लेखकले आफूले कुनै पनि पुस्तकमा मोहम्मदको चित्र फेला नपारेको दाबी गरेपछि उक्त अखबारले सो कार्टुन प्रकाशित गरेको थियो । युलास पोस्टनले इस्लामका विषयमा हुने लेखनमा पहिले आत्मनियन्त्रण थिए या थिएनन् भन्ने बारेमा यकिन गरेपछि १२ जना कार्टुनिष्टलाई मोहम्मदको बारेमा चित्र कोर्न लगाएको थियो । उक्त पत्रिकाका सम्पादक कार्टसन जस्टका अनुसार कार्टुन प्रकाशन इस्लामिक आतंकबादले डेनमार्कमा विचार अभिव्यक्तिको स्वतन्त्रता सीमित पार्छ कि पार्दैन भन्ने परीक्षण मात्र थियो । सो पत्रिकाका सांस्कृतिक सम्पादक फ्लेमिङ भन्छन्- मुस्लिमको भावनामा चोट पुर् याउने कुनै उद्धेश्य थिएन । सो पत्रिकालाई अल काइदाले पनि संभावित आक्रमणको सूचिमा राखेको छ । उत्तरी युरोपको गर्वशाली बि्रगेड बताउने समूहले आ७३टछछघघसनो वेबसाइटमा युलास पोस्टनको चित्रमा बम विस्फोट गरेको र डेनमार्कको राष्ट्रिय झण्डामा रगत बगिरहेको देखाएको राखेको थियो । डेनमार्कमा फेब्रुअरिको पहिलो साता १ हजार ४७ जनाबीच गरिएको सर्वेक्षणमा ५७ प्रतिशतले युलास पोस्टनको पक्षमा मत दिएका थिए । पत्रिकाको निर्णयप्रति समर्थन जनाउनेमा अधिकांश युवा तथा पुरुष थिए । नर्वेका विदेश मन्त्री जोनास गहर स्टोरीले ओस्लोमा भने - कुटनीतिक संवन्धको सिद्धान्त भनेको कुटनीतिज्ञहरुले सुरक्षितसाथ काम गर्न सक्नु हो र यो सिद्धान्त तोडिनु गम्भीर कुरा हो । यस्तै डेनमार्कका विदेशमन्त्री पर स्टीग मूलरले पनि ती घटनाहरुलाई अस्वीकार्य भने । घटनाक्रम२० सेप्टेम्बर - डेनमार्कको युलास पोस्टन नामक अखबारद्वारा पहिलोपटक कार्टुन प्रकाशन २० अक्टोबर - मुस्लिम देशका राजदूतहरुद्वारा डेनिस प्रमसमक्ष गुनासो व्यक्त १० जनवरी - नर्वेका अखबारहरुद्वारा पुनः काटुर्न प्रकाशन २६ जनवरी - सउदी अरबले आ७३टछछघघसना राजदूतद्वारा फिर्ता बोलायो३० जनवरी - माफी माग्नुपर्ने मागसहित बन्दुकधारीहरुद्वारा मध्यपूर्वस्थित गाजाको युरोपेली युनियनको कार्यालयमा आक्रमण ३१ जनवरी - डेनिस अखबार युलास पोस्टनद्वारा माफी माग१ फेब्रुअरी - प्रुान्स जर्मनी इटाली र स्पेनका अखबारहरुद्वारा पुनः कार्टुन प्रकाशन ४ फेब्रुअरी - दमास्कसस्थित डेनमार्क र नर्वेका दुतावासमा सिरियालीद्वारा आक्रमण(नेपाल समाचारपत्रको परिशिष्टांक सौगातमा प्रकाशित)

Comments

Popular posts from this blog

Sanghiya Samajbadi Party formed under Rai

KATHMANDU, NOV 22 - The crusaders of federalism based on single identity on Monday announced the formation of a new party under the leadership of former CPN-UML Vice Chairman Ashok Rai. The new party Sanghiya Samajbadi Party was announced at a programme organised at a function organised at New Baneshwor in the Capital. Most of the leaders and cadres of the new party are from the UML and some are also from the Nepali Congress. The 98-member central ad hoc working committee includes eight vice chairmen, one general secretary, three deputy general secretaries and five secretaries. Bijaya Subba, Durga Mani Dewan, Prem Krishna Pathak, Bir Bahadur Lama, Rakanm Chemjong, Hemraj Rai, Mohammad Rijwan Ansari and Gopal Thakur have been appointed as the vice chairmen for the party whereas Rajendra Shrestha is the general secretary. Likewise, Ajambar Rai Kangmang, Radha Timilsina and Norsang Lama are the deputy general secretaries while Mina Gurung, Horilal Ch

Kaliprasad Rijal, Senior Lyricist

 It's interview time : Moment of interview with Kaliprasd Rijal.His famous songs are, BIHANA UTHNE BITTIKAI, JHAREKO PAT JHAI BHAYO, CHARI LE TA CHHADERA GAIHALI, etc. Most of his songs were sang by Narayan Gopal, famous singer of nepal.  Remembering his old days  Young kaliprasad, with his wife  Searching his old photos  Photo pose with legend lyricist  Kaliprasad in his office IT'S ME