अरूण तेस्राेमा जस्तै एमसीसीले भाेग्दैछ ‘कम्युनिष्ट नियति’
काठमाडौं करिब ६० अर्ब रुपैयाँ (५० करोड डलर) को मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई अस्वीकार गर्न या पारित गर्न अमेरिकाले तीब्र दबाब दिएको छ। अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार नेपालका प्रमुख तीन दलका नेतालाई फोन गरेर फागुन १६ भित्र सम्झौता अनुमोदन नगरे नेपाल नीति पुनर्विचार गर्ने चेतावनी दिएका छन्। एमसीसी नेपालबाट फिर्ता हुने विषयलाई यतिखेर २०५२ मा अरुण तेस्रो परियोजनाबाट विश्व बैंक फिर्ता भएको कुरासँग पनि जोडेर हेरिँदैछ। अरुण तेस्रोबाट विश्व बैंक फिर्ता हुँदा जसरी नेपालको आर्थिक विकास पछाडि धकेलिएको थियो, त्यसैगरी ऊर्जा र सडक क्षेत्रमा लगानी गर्न आएको एमसीसी परियोजना पनि फिर्ता हुँदा पनि त्यस्तै असर पर्ने तर्क यसका पक्षधरहरुले गरिरहेका छन्। अहिले खासगरी नेपाली कांग्रेस एमसीसी पारित गर्ने पक्षमा छ भने माओवादी यसका शर्तलाई संशोधन गरेर चुनावपछि पारित गर्न चाहन्छ। एमाले सत्ता गठबन्धनको निर्णय कुरेर बसिररहेको छ। अब चर्चा गर्न लागेको विषय हो अरुण तेस्रो कसरी फिर्ता भयो र त्यसका मुख्य सूत्रधार को थिए भन्नेबारेमा, जो यतिखे...