पदमुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका छन् ।
पराजुलीलाई बुधबार न्याय परिषद्को सचिवालयले उमेर हदका कारण २०७४ साउन २१ मै पदमुक्त भइसकेको जानकारी पत्र बुझाएको थियो। यद्यपी उनी आफैले भने पदमुक्त नभएको जीकिर गर्दै आएका थिए।
राष्ट्रपति कार्यालयका प्रबक्ता हरिप्रसाद दवाडीले पराजुलीले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बताए । राष्ट्रपति कार्यालयले पराजुलीले राजीनामा दिएको सम्बन्धमा बिहीबार दिउँसो बिज्ञप्ति जारी गरेको छ ।
विज्ञप्ति यस्तो छ :
प्रधानन्यायाधीशको राजीनामा
१ चैत्र २०७४
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानन्यायाधीश श्री गोपाल पराजुलीज्यूले नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम मिति २०७४/१२/१ गतेदेखि लागू हुने गरी सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदबाट राजीनामा दिनु भएको छ ।
(हरिप्रसाद दवाडी)
प्रवक्ता

Comments