इलामको घिसिङ टोलमा जन्मिए , गोपाल भुटानी । भुटानीले नामको पछाडि भुटानी लेख्नुको रहस्य प्रचारमा आएभन्दा फरक छ । वास्तविकता के थियो भुटानी आफैले खुलासा गरेका छन् । भुटानीलाई को को निर्माताहरुले काम गरेको पैसा दिएनन् यो पनि उनले मर्नुभन्दा अगाडि खुलासा गरेका छन् । उनको अरु धेरै खुलासा सहित विश्वन्युज डटकमका लागि पत्रकार अमृत दाहालले तयार पारेको खास सामाग्री ।
कलाकार गोपाल भुटानीसंग प्रत्यक्ष रुपमा भेटेर कुरा गर्ने धोको धेरैअघि देखिको थियो उनी थापाथलीमा बस्दैताका पेटको रोगले थलिएका बेलादेखि नै उनीप्रति चासो लाग्न थालेको थियो । तर पछि आफ्ना शुभेच्छुक र चेलाहरुको सहयोगले उनी केही पुनः स्वस्थ भएर काममा फर्किएका थिए । त्यसपछि केही समयको अन्तरालमा उनी चाउचाउको विज्ञापनमा देखिए निकै प्रभावकारी देखिएको थियो त्यो विज्ञापन कतिपयले त चिनिया विज्ञापन भनेर प्रतिकि्रया जनाएको पनि सुनेको थिएँ मैले । त्यसपछि पनि उनी फाट्टफुट्ट रुपमा काम गरिरहे ।
यसैक्रममा एकदिन साप्ताहिक पुनर्जागरणमा छापिएको भुटानीबारेको समाचारमा आँखा पर् यो पहिलेदेखि नै भुटानीसंग कुरा गर्ने इच्छालाई त्यो समाचारले अझ बल दियो । सोचें, अब गोपाल भुटानीसंग अन्तर्वार्ता लिन्छु । निश्चय गरिसकेपछि साथीहरुमार्फत् उनको फोन नम्बर पत्ता लगाएँ । फोन गरें, केही रिङ गएपछि उनले फोन उठाए । हेलो दाई मेरो कार्यक्रमका लागि तपाईंको अन्तर्वार्ता लिने इच्छा थियो कहिले फुस्रद होला ुम पोखरामा छु भोलि बेलुकीतिर फोन गर्नु नु उताबाट जवाफ आयो । मलाई जसरी भएपनि अर्को हप्ता एकजनाको अन्तर्वार्ता लिनु थियो त्यसैले भोलिपल्ट उनले भनेकै समयमा फोन गरें उनले भने , के गर्ने सर गाडी पाइएन भोलिबिहानै हिड्छु भोलि दिउँसोतिर फोन गर्नु । म वरिष्ट कलाकार गोपाल भुटानीसंग कुरा गर्ने व्यग्र प्रतिक्षुमा थिएँ । भोलिपल्ट सोचें- सार्वजनिक गाडीको ताल त्यही हो दिउँसो थाकेर आउने होलान् बुढालाई के दुःख दिनु । यसपटक चाहि पसर्ीपल्ट बिहानतिर फोन गरें र अन्तर्वार्ताको कुरा सम्झाएँ तर उनले दुःखमनाउ गर्दै भने- ओहो म आज जिल्ला प्रशासन जाने काम छ त्यताबाट फर्किएर सुन्धारामा हुन्छु १ बजेतिर फोन गर्नुस् । मैले त्यसै गरें एकबजेतिर फोन गर्दा उनले भने , म भोटेबहालको भोजनालयमा हुन्छु यहाँ राजेन्द्र द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीसंग खाना खादैंछु तपाई आधाघण्टापछि यही आउनुहोस् । हाम्रो टिम उनले भनेको ठाउतिर लाग्यो बाटोमा सोचें, रेष्टुरेन्टमा अन्तर्वार्ता लियो भने उनका पूराना तस्वीर खिच्न सकिदैंन त्यसैले उनकै घरमा जानु वेश होला । उनी रेष्टुरेन्टबाहिर हामीलाई कुरिरहेका रहेछन् झुस्स सेता दार् ही भएको मोटो चस्मा लगाएको उही पूरानै रुप तर मैले पहिले फोटोमा देखेको भन्दा अलि दुब्लाएका रहेछन् । भ्यानको अगाडि बसे उनी । भोटेबहाल टेकु ताहाचल हुदैं स्वयम्भुपछाडिको सुकुम्बासी बस्तीनेर पुगेपछि गाडी रोक्न भने उनले । त्यहाँको चियापसलमा उनको लठ्ठी थियो पसलेले लठ्ठी दिए । उनी अघिअघि हामी पछिपछि लाग्यौं ।
उनले नजिकैको सुकुम्बासी बस्ती पुर् याए हामीलाई । नजिकै ढलको तिखो गन्ध आइरहेको थियो त्यही ढलको छेवैमा थियो उनको एक कोठाको घर । लौ सर यही हो मेरो घर भन्दै उनी ताल्चा खोलेर भित्र पसे । कोठामा पस्नेबित्तिकै एउटा मैलो सोफा देखियो भने अर्कोतिर किचन टेबल थियो किचन टेबलमा एउटा चुल्हो भएको ग्यासचुल्हो थियो । केही भाडाकुडाहरु थिए कोठाको एक छेउमा एउटा पूरानो दराज र दराजनजिकै िसंगल बेड थियो । खाटमुनी देखाए अटाईनअटाई अवार्ड र प्रमाणपत्र थिए भने बाहिर भित्तामा केही पूराना तस्वीरहरु थिए जुन उनी मुम्बई बस्दा ताकाका थिए । एक्लै बस्दा खाना पकाउन पानी ल्याउन के गर्नुहुन्छ त मैले सोधें । यताउताबाट सहयोग पाउने गरेको छु । उनको अर्थमा सुकुम्बासी टोलका शुभेच्छुकहरुले सहयोग गर्ने गरेका थिए । उनी प्लास्टिकको एउटा कुर्चीमा बसे । म त्यही सोफामा बसें । के गर्ने यस्तै हो सर उनी बेलाबेलामा यो शब्द दोहोर् याईरहेका थिए । कोठाभित्र पनि बाहिरको ढलको तिखो गन्ध आइरहेको थियो । कोठा अध्याँरो थियो मुस्किलले बाहिरको प्रकाश भित्र पस्थ्यो उनलाई भित्र राखेर भिडियो खिच्न पनि अप्ठेरो परेको परिस्थिति थियो त्यतिबेला । साथीहरु बुद्ध महर्जन र जितेन्द्र न्यौपानेले क्यामेरा समाते । अन्तर्वार्ता शुरु भयो उनको बाल्यकालको संघर्षको कथाबाट । शुरु भएपछि उनी आफूले पाएको दुःख र संघर्ष पोख्न यति आतुर थिए कि उनलाई रोकेर प्रश्न सोध्न हम्मेहम्मे परेको थियो ।
इलामको घिसिङ टोलमा जन्मिए उनी, महाभुकम्पको एकवर्ष अघि । विसं १९८९ मा । भुकम्प गएपछि तहसतहस भयो उनको पुस्तैनी सम्पत्ति । त्यसपछि उनी बाबुआमासंग दार्जिलिङ पुगे । दार्जिलिङमा उनका बाबु काम गर्थे । तर केही वर्षमै उनका बाबुको निधन भयो बाबुको निधन पछि उनी टुहुरा हुनपुगे एकजना आफन्त थिए पछि समाचारमा आएअनुसार ती आफन्त उनका काका थिए अहिलेको बंगलादेशको ढाकामा सैनिक सेवामा थिए उनैले गोपाललाई पाल्न बंगलादेश लगे । ढाकामै उनको बाल्यकाल बित्यो । भारत स्वतन्त्र हुनुअघि बंगलादेश पनि भारतको एक भागको रुपमा रहेकाले तिनताका ढाकामा बंगाली फिल्म चल्थे बंगाली फिल्मको पोस्टर देखेर उनको बालमानसिकतामा हिरो हुने रहर पलायो । एउटा बंगाली साथी थियो निकै मिल्ने । उसका बाबुआमा आर्मी क्याम्पअगाडि नै बिँडी बनाएर बस्थे । उनैसंग संगत बस्यो । एकदिन दुवैले सल्लाह गरे र बंगाली फिल्ममा हिरो बन्ने सपना पालेर एकदिन भागे । भाग्ने बेलामा गोपालले आफन्तको खल्तीको ३ सय रुपिया चोरेका थिए । फिल्म बनाउने स्टुडियोको खोजी दुवैको उद्देश्य थियो । तर कलकत्तामा त्यस्तो स्टुडियो कतै थिएन । ढाका बस्दा बंगाली बोल्न सिकिसकेका थिए उनले त्यसैले भाषामा कुनै समस्या भएन । कलकत्तामा फिल्म बन्ने स्टुडियो नपाएपछि उनीहरु मुम्बई जान कस्सिए साथमा केही थिएन न पैसा न रेलको टिकट । जे त पर्ला भनेर उनीहरु मुम्बई जाने रेल चढे । रेल केही समय गुड्यो तर टिकट जाँच्दै आउने कर्मचारीले किन माया गथ्र्यो र एउटा अनकण्टार जंगलमा लगेर उतारिदियो । चर्को घाममा उनीहरु हिडिरहे । फेरी रेल चढ्ने सल्लाह भयो यसपटक पनि विना टिकट रेल चढे । तर यसपटक उनीहरु पक्राउ परे उनीहरुलाई पुलिस चौकी लगियो एकजना बंगाली प्रहरी थियो बालबच्चा नभएको । उनीसंगै गएका साथीलाई पक्राउ गरेर उनीलाई चाहि त्यो बंगालीले भन्यो म तिमीलाई लगेर पाल्छु । तर उनले अड्डी लिए म हिरो हुन आएको बम्बई नै जान्छु । अन्नतः उनीहरु सपनाको नगरी मुम्बई पुगे । फिल्म स्टुडियोको खोजीमा दिनभर भौतारिनु र त्यतिखेर सस्तो दाममा पाइने रोटी खाएर पेट भर्नु उनीहरुको दैनिकी जस्तै बन्यो । त्यसअघि कहिल्यै समुद्र नदेखेका उनी मुम्बईको समुद्र देखेर चकित पनि परे । एकदिन घुम्दै जाँदा मुम्बईको आजाद मैदान पुगे उनले त्यहाँ दार्जिलिङतिरका एक जना नेपालीका माध्यमबाट सर्कसमा जागिर खाए सर्कसमा उनले काम पाए- सर्कसमा प्रयोग हुने घोडाको गोबर सोहर्ने । हिरो हुने सपना पूरा गर्न जे गर्न पनि तयार हुने बानीले उनले त्यो काम पनि बिना हिच्किचावट गरे त्यसबीचमा उनले थुप्रै संघर्ष गरे गाडी धुने काम गरे गाडी चलाउने काम गरे । दिउसो सर्कसमा काम गर्ने र बिहानको समय बडी बनाउदैं स्टुडियो चहारेर अवसरको खोजी गर्न थाले ।
यस्तैमा उनी एकदिन इगल फिल्म्स स्टुडियो पुगे जहाँ उनले स्टन्टबाट काम शुरु गरे शुरुमा उनले नायिकाको डमीमा काम गर्ने मौका पाए । अन्तर्वार्ताका क्रममा उनले गर्व गर्दै सम्झेका थिए- जब म नायिकाको कपडा लगाएर तयार भएँ ओहो अब मेरो दिन शुरु भयो भनेर म निकै खुशी भएँ । शुरुमा उनले केही तलामाथिबाट हामफाल्लान् भनेर कसैले पनि पत्याएका थिएनन् तर जब उनले विना टेक बहादुरीपूर्वक हामफालेर देखाए सबैले वाहवाही गरे । आफ्नो भिड्ने कलाका कारण विस्तारै उनको व्यस्तता बढ्दै गयो चिनिया अनुहार भएको कलाकार चाहिनेबित्तिकै उनैलाई लिन थालियो । कतिपय फिल्ममा उनले प्रोडक्सन मेनेजर भएर पनि काम गरे । आफनो कथा भन्दै गर्दा उनी निकै जोशिला देखिन्थे जबजब मैले उनलाई रोक्न खोज्थें उनी पख्नुस् न भन्दै मलाई समेत रोकेर जोशका साथ आफ्ना कथा भनिरहेका हुन्थे । मुम्बईमा काम गर्दागर्दै उनले गोवाकी महिलासंग बिवाह गरे छोरा पनि जन्मियो र जुहुचर्च रोडमा घर पनि बनाए जहाँ उनले डेढवर्षसम्म बलिउड निर्माता सावनकुमारलाई आश्रय दिए । सावनकुमारले उनलाई पछिसम्म भनिरहन्थे रे , गोपालबाबु आपके लिए मेरे दरबाजे हमेशाके थिए खुले हैं । नेपाली अभिनेता कृष्ण मल्लसंग भेट भएका बेला सावनकुमारले आफ्नो प्रंशसा गरे भन्दै उनी एकछिन हौसिए । मुम्बईमा काम गर्ने क्रममा उनको भेट नेपालका चर्चित निर्देशक प्रकाश थापासंग भइरहन्थ्यो तिनताका प्रकाश थापा पनि मुम्बईमा संघर्ष गर्दै थिए । अलिकता फुस्रद भयो कि गोपाल कि त गोवा जान्थे कि नेपाल आउथे । त्यसक्रममा एकदिन नेपाल आएका बेला उनी प्रकाश थापाको घर लाजिम्पाट गए । प्रकाश थापाले भने- पोखरा जान्छस् त उनले स्वीकृति जनाए । पोखरामा मनको बाध सुटिङ भइरहेको थियो प्रकाश थापाले भने- ल हुलाकीको रोल तँ गर । नेपाली फिल्ममा पहिलोपटक काम गर्दै थिए उनी । र यो २०२८ सालको कुरा थियो । मनको बाधु को सानो रोलको डबिङका लागि एकमहिना लाग्यो ।
त्यससपछि उनी मुम्बई नै गए । त्यसपछि उनले सावनकुमारको सौतन फिल्ममा प्रोडक्सन मेनेजरको काम पाए त्यसक्रममा मौरिसस िसंगापुरलगायतका देशमा गए । फर्केर नेपाल आएपछि उनले प्रकाश थापाकै चलचित्र जीवनरेखामार्फत् पहिलोपटक द्वन्द्वकला भित्र्याए । त्यसयता झुमा फिल्मसम्म उनले द्वन्द्व निर्देशन गरे । झुमा उनको निर्देशनमा बनेको अन्तिम चलचित्र थियो । झुमामा सहायक द्वन्द्व निर्देशन गरिरहेका उनैका चेला राजेन्द्र खड्गीले पछि धेरै समयसम्म नेपाली चलचित्रमा एकछत्र राज गरे । राजेन्द्र खड्गीका बारेमा उनले भनेका थिए-झुमा चलचित्रका अन्तिम द्वन्द्वका दृश्य खिच्न राजेन्द्र खड्गीलाई एंगलसहित सम्झाएर पठाएँ तर पछि हेर्दा त उसले कतिपय ठाउमा मेरो एंगलभन्दा पनि राम्रो काम गरेको थियो । झुमापछि उनी कला निर्देशनतिर लागे । संगसंगै नेपालका केही मेकअप आर्टिस्टहरु पनि उनैको प्रेरणाले मेकअपतिर लागे ।
गोपालले आफ्नो थर भुटानी राखेको प्रसंगका बारेमा धेरैथरि समाचार आए खासगरी उनको निधनपछि । धेरैले लेखे, भुटानी थरका गुरुको प्रेरणाले उनले आफ्नो थर पनि भुटानी लेखेका हुन् । तर उनले मसंग भनेका थिए, मेरो घर मुम्बईको जुहुचर्च रोडमा थियो त्यहाँ यसै त नेपालीलाई होच्याउने चलन थियो झन् त्यसमाथि जुहुचर्च रोडका कोठीमा धेरै नेपाली चेलीहरु बेचिएका थिए यहीकारण आफू पनि हेलाँको पात्र हुनुपर्ला भनेर मैले भुटानी लेखें किनभने त्यतिबेला नामपछाडि आफ्नो टाइटल लेख्ने चलन आएको थियो । गोपाल भुटानीले थुप्रै चलचित्रमा काम गरे । तर उनीसंग कुरा गर्ने क्रममा थाहा लाग्यो अझै पनि कतिपय निर्मार्ताहरुले उनको पारिश्रमीक दिएका रहेनछन् । थुप्रै निर्मार्तासंग एक दुई हजारदेखि दशौं हजार लिन बाँकी रहेका उनले बताएका थिए । पहिलोपटक थला परेका बेला ती निर्मार्ताहरुले फेानसम्म नगरेको भन्दै उनले निकै दुःखमनाउ गरेका थिए । उनको अर्को दुःखमनाउ थियो आफूले नागरिकता नपाएको बारेमा । भुटानी थर लेखेकै कारण नेपाली नागरिकता पाउन सकेका थिएनन् उनले । नागरिकता नामको कागजको टुक्रो पाउन उनले कैयांैपटक जिल्ला प्रशासन धाए । जहिले पनि प्रमुख जिल्ला अधिकारीहरुको प्रश्न हुन्थ्यो-भुटानबाट फर्किएको कति भयो यस्तो प्रश्न सोध्छन् भनेर उनी एकछिन झोक्किए । जीवनका अन्तिम क्षणसम्म पनि उनले नागरिकताको आशा गरिरहे तर देशविहीन भएर उनले प्राण त्याग्नुपर् यो । निधन भएपछि उनको लाशले राजनीतिक आवरण बोक्नुपर् यो । कलाकारहरु देशका अमूल्य निधि हुन् भन्नेसम्म बिसर्िए ती व्यक्तिहरुले जसले उनको लाशमा राजनीतिक पार्टीको झण्डा ओढाए मरेपछि उनले राष्ट्रिय झण्डसमेत ओढ्न पाएनन् । अनि बाँचुन्जेल उनलाई नागरिकता दिलाउन त्यो पार्टीले पहल गरेको कहिल्यै सुनिएन । अन्तर्वार्ता सकिएपछि उनले आफ्ना पूराना फोटोहरु मेडलप्रमाणपत्रहरु देखाए । र निस्कने बेलामा भने- के गर्ने सर यसो चिया खान पनि पाइएन । अनि उनले उस्तै युवा जोशका साथ हात मिलाएर हामी बिदा भयौ । फर्कने बेलामा उनको झुपडीलाई दोहोर् याई तेहेर् याई अनेक एंगलमा खिच्यौं ।
वरिष्ट कलाकार गोपाल भुटानीलाई श्रद्धासुमन । देशविहीन भएर स्रष्टाहरुले यसरी कहिल्यै मर्नु नपरोस् ।
(Published @ Vishawnews.com- for link click here-
http://www.vishwanews.com/2011/01/05/1568.html )

Comments