परिवर्तन
मुसलधारे पानी पर्दापर्दै गाउँमा एक्कासी पैर् हो गयो । चारैतिर कोलाहल मच्चियो । मानिसहरु भागाभाग गरिरहेका थिए । आफ्नो मान्छे कसको अवस्था के भयो कसैले भेउ पाउन सकिरहेको थिएन । गोठका गाइबस्तु ड्वाँ-ड्वाँ गरेर कराइरहेका थिए । अघि भर्खर लहलह फलिरहेको छेवैको खेत बगरमा परिणत भएको थियो । रामचन्द्रले यताउति हेर् यो बाआमा थिएनन् साना भाइबहिनी पनि थिएनन् । कहिल्यै नभएको र एक्कासी आइपरेको यस्तो विपत्तिले रामचन्द्र विलखबन्दमा पर् यो निकै आत्तियो चिच्याएर बोलाए बाआमालाइ कतै भेटिइहाल्छन् कि जस्तो लाग्यो उसलाई र करायो पनि- ए बा…ए आमा॥ ुरामचन्द्र ए रामचन्द्रुनजिकै सुतेको प्रदीपले दुई-तीनपटक बोलाएपछि रामचन्द्र झल्याँस्स भयो उ मध्य दुबई शहरको एउटा कोठामा सुतिरहेको थियो उसको साथी प्रदीप उपट्टि चकित भएर हेरिरहेको थियो । सुन्दरनगरबाट आएर दुबईमा रोजगारी गरिरहेको रामचन्द्र सपना देख्दा अनायसै चिच्याएको थियो ।ुके भयो किन चिच्याएको ु प्रदीपले सोध्योकेही होइन त्यत्तिकै- निद्राले झुलिरहेको रामचन्द्र कुरा गरिरहने मुडमा थिएन । ुह्या के भो भन्नु प्रदीपले कर गर् यो ।ुकेही होइन गुराँसे डाडाबाट पैर् हो आएर सुन्दरनगर बगाएको सपना देखुें उसले सपनाको बेलिविस्तार लगायो ुमलाई त यार सुन्दरनगरमा केही भयो कि जस्तो लागेको छ रामचन्द्र केही चिन्तित देखियो । ुआ सुत् रातीको बेला अहिले केही हुदैन भोली बिहानै एकपटक गाउँ फोन गर्नुपर्लाु प्रदीपले यति भनेपछि रामचन्द्र पनि सुत्यो । तर उसको मनमा भने नानाथरिका कुरा खेलिरहे । साँच्चिकै सुन्दरनगरमा केही पो भयो कि बा आमा भाइबहिनी साचै छन् कि छैनन् । गुराँसे डाडा बास्तवमै नांगो थियो न पानी परेर पैर् हो गयो कि पैरो गएको भए कतापट्टि गयो दिदीको घरपट्टि कि आफ्नै गाउपट्टि पोहोर जगजगे पैर् हो जाँदा गाउलेले वास्ता गरेनन् अहिले त्यही पैर् हो नजाला भन्न के बेर यस्तै कुरा सोचिरहदा घण्टौं बितेको रामचन्द्रलाई पत्तै भएन । फेरि प्रदीपले उसलाई झक्झकायो एकपटक त उसलाई लाग्यो यो प्रदीपले त जहिल्ये पनि मैले बरबराएको मात्र सुन्छ कि क्या हो ुके भो फेरि ु उसले प्रदीपलाई हपार्ने पाराले भन्यो । ुउठ् अब ६ बजिसक्यो राती कराको करायै गर्छ अहिले बिहानभर सुतिरहन्छु प्रदीपले यसो भनिरहदा रामचन्द्रले घडी हेर् यो साँच्चिकै घडीको सुईले ६ नाघिसकेको थियो रामचन्द्रले एकपटक निधारबाट गालातर्फ ओरालो लागिरहेको पसीना पुछ्यो दुबईको मौसम बिहानै हप्प भइसकेको थियो अनुमानित २८ डिग्रीको तापक्रम थियो बिहानै । ुजाउँ गाउमा फोन गरौं एकपटक अनि काममा जाउँलाु प्रदीपले रातीको कुरा सम्झायो । पहिले फोन गर्ने अनि खाना खाएर काममा जाने निधो गरेर उनीहरु साइबर क्याफेतिर लागे । रामचन्द्रले फोन लगाउने प्रयास गर् यो गाउमा सिडिएमए फोनले पनि सजिलो पारेको थियो दुबईतिर हानिनु अघि उसले घरमा सिडिएमए फोन जोडेको थियो केही छिनको प्रयासपछि फोन लाग्यो । रामचन्द्रका बाले फोन उठाए उसले साचोबिसाचो सोध्यो । फोन सकेपछि मात्र उसको अनुहारमा चमक छायो । गाउँमा केही भएको रहेनछ भन्ने बारेमा उ ढुक्क भयो ।ुदेखिस् त सपनाकै आधारमा त्यत्तिकै डराउछु रामचन्द्रको पिठ्युँमा धाप मारेर प्रदीपले भन्यो । दशैंको छुट्टी कहिले आउला र सुन्दरनगर गएर मोजमस्ती गरौंला भनेर रामचन्द्रले ११ महिना बडो मुस्किलले बितायो । जहिले पनि क्यालेण्डरमा चिन्हो लगाएर बसिरहन्थ्यो । आखिर दशैं आइछाड्यो पनि । दुबईजस्तो पराई शहरमा दशैं आएको कसरी पत्तो हुन्थ्यो र न पिङ हालिन्थ्यो न घर लिपिन्थ्यो न खसी काटिन्थ्यो तै पनि आज घटस्थापना आज परेवा भनेर क्यालेण्डरमा चिनो लगाएर र यो दिन यसो गरिन्थ्यो भनेर सम्झिएरै भएपनि रामचन्द्रले दशैं आएको महसुस गर् यो । दशैंमा छुट्टी पनि भयो तर नवमीका दिनदेखि । एकछिन त उसले निकै नरमाईलो मान्यो तै पनि नवमीका दिन उडेर टीकाका दिन घर पुग्ने उमंगमा उ दुबईबाट उड्यो । दशैंको चहलपहल र रमाइलो सम्झदैं उ टीकाको दिन बिहान घर पुग्यो । घर सुनसान थियो । एकछिन सोच्यो सायद टीकाको कार्यक्रम चाँडै सकाएर सबैजना आ-आफ्ना काममा लागे होलान् । पहिले त कसैलाई पनि थाहा नदिई घर पुग्ने सोच उसको थियो तर घर सुनसान देखेपछि उसको त्यो योजना त्यत्तिकै बिलायो । पहिले बाआमालाई बोलायो कसैले उत्तर दिएन फेरि भाईबहिनीलाई बोलायो भाईबहिनीले पनि कुनै उत्तर दिएनन् । उसको मनले नमाने पनि हृदयको एउटा कुनामा शंकाले डेरा जमाउन थाल्यो कतै घरका कसैलाई त केही भएन उ सरासर घरको उपल्लो तल्लामा गयो । घरका सबैजना त्यही बसिरहेका थिए बाआमा घुडामुनी मुन्टो लुकाएर बसिरहनु भएको थियो भाईबहिनी टाढा कतै हेरेर बसिरहेका थिए सबै चुपचाप थिए । उ तलामा उक्लिएपछि बाआमाले एकपटक हेरेर पनि केही बोल्नुभएन । उसले सरासर गएर बाआमालाई ढोग्यो र सबैका अनुहारमा हेर् यो कसैले टीका लगाएकै थिएन । ुबा आमा के भयो किन कोही पनि नबोल्याु रामचन्द्रले सोध्योकेही क्षण वातावरण स्तब्ध भयो । अघिदेखि सँुकसुँक गरिरहनुभएकी आमाको रुवाई उसले सोधेपछि घुकघुकमा परिणत भैसकेको थियो । ुदाई यता आउनुस् तु बहिनी शारदाले यसो भनेर उसलाई कोठामा लगी । ुसबै ठिकै त छ शारदाु उसले कोठामा जाँदाजाँदै सोध्यो । ुके हुनु नि दाई घरका सबैलाई साचै छ बालाई आमालाई भाईलाई मलाई तर कविता दिदीलाईु…यति भन्दाभन्दै उसको बोली पनि रोकिए । ुके भो कविता दिदीलाईु मडारिरहेको अनिष्टको कालो बादलको आशंकाबीच उसले सोध्यो । ुहिजो रातीको बाढीले दिदीको घर बेपत्ता बनायो दिदीभिनाजुको लाश पनि भेटिएन मान्छे खोजिरहेका छन् ।ु शारदाले बोली घाँटीमा अड्काउदै भनिरहेकी थिई । उसका आँ ख ामा पनि आँशुका बलिन्द्रधारा बगिरहेका थिए । दुवै दाजुबहिनी एकछिन आफ्नै सुरमा रोइरहे । ुआखिर जगजगेको पैर् होले कविता दिदीलाई खाइछाड्यो होइन ु रामचन्द्रले लामो सुस्केरा छाड्दै भन्यो ुमैले कति भनें यी मान्छेलाई नांगो गुराँसे डाडो र जगजगेको पैरोले अनिष्ट ल्याउछ भनेर । त्यो ठाँउमा रुख रोपौं भनेर मैले कति भनें यी मान्छेले टेरेनन् । कुलदेवता रिसाउछन् गुराँसबाहेक त्यहाँ अरु रुख रोप्न हुन्न रे आखिर त्यही देवताले कविता दिदीलाई लगे निु । रामचन्द्र रुाचे स्वरमा भनिरहेको थियो । रामचन्द्रको एक मनले त यस्तो विपत किन खेप्न म किन आएँ भनेर पनि सोच्यो ।
दशैंको पूर्णिमासम्म नै रामचन्द्रको घरमा रुवाबासी चलिरह्यो । रामचन्द्रले बुढा बाबुआमालाई सम्झायो ुमर्ने मरेर गइहाले फर्केर आउदैंनन् कि परेर जानिन्छ कि पढेर जानिन्छ भनेको यही हो त्यसैले अरु कवितालाई मर्न नदिन गुराँसे डाडामा वृक्षारोपण गर्नुपर्छ । नभए जगजगेको पैर् हो यतैपट्टि फर्केर आउछ र सबै गाउँ नै सोत्तर हुन बेर लाग्दैन त्यतिबेला कहाँको कुल देवता कहाँको विश्वास ।उसको कुराप्रति बाआमाले सहमति जनाए । त्यसको भोलीपल्टैदेखि रामचन्द्रले गाउलेलाई भेला पारेर सामुदायिक बन समिति गठन गर् यो जिल्लाको सामुदायिक नस्ररीबाट बिरुवा ल्याउने जिम्मा पनि उसैले लियो । अनि गुराँसे डाडाभरि रुख रोप्ने अभियान थालियो । रुखको रेखदेख हेरविचार गर्न हेरालु पनि राखियो । गाउलेले महिनाको एक-एक सय रुपिया उठाएर हेरालुलाई दिने तलबको जोहो पनि गरे । त्यतिखेरको नांगो गुराँसे डाडो अचेल गुराँसे लेकमा परिणत भएको छ दिउँसै वनमा जान आजकाल जो कोही डराउछन् । रामचन्द्र पनि आजकाल यतै छ दुबईको मोह उसले त्यागिसकेको छ बरु सामुदायिक वन समितिको अध्यक्ष भएर बेलाबेलामा सदरमुकाम गइरहन्छ । रुख बिरुवा रोपे हरियाली फैलन्छ बाढीपैरो आउदैंन भन्ने सन्देश दिद उ दिनरात खटिइरहेको छ । बरु सुन्दरनगरमा आजकाल अर्को समस्या थपिएको छ गुराँसे लेकबाट आएको चितुवाले बाख्राका पाठा खोरबाट थुतेर लग्यो रे भन्ने हल्ला नचलेको दिनै हुँदैंन । @amritdahal
(एउटा गैरसरकारी संस्थाले आव्हान गरेको 'परिवर्तनका संवाहक युवा हुन् ' शीर्षकको कथालेखनमा प्रस्तुत) ।
Comments