Litreture Experience


कथा, कविता, गीत कस्तो हुन्छ, कसरी लेखिन्छ पहिलेपहिले थाहा हुने कुरै भएन । एउटा सिर्जना हो, अभिव्यक्ति हो भन्ने महसुस भएन । त्यसैले रेडियो नेपालमा गीत बज्दा त्यस्तै लयको टुक्का या लाइन जोड्ने प्रयास गर्थेंं । आफैंले कविता पनि लेखे्रं, कविता लेखेर एउटा सानो कविता नै भरेकेा थिएँ, तर त्यो न कुनै प्रकाशनमा नै दिएँ, न रेडियोको बाल कार्यक्रममा नै पठाउने आँट गरे । एकचोटी ठुल्दाजुलाई देखाएको थिएँ, कसरी लेखिस् भनेर सोध्नुभयो । प्रशंसा गर्नुभो या के भन्नु भो, अहिले सम्झन्न । त्यो कापी राखिरहेको थिएँ, पछि घर र्सर्ने क्रममा त्यो कता हरायो थाहा भएन, जे-जस्तो लेखेपनि आफ्नो पहिलो सिर्जनाहरु अहिले माया लाग्छ ।
म कस्तो लेख्छु, के लेख्छु, मेरो मुल्यांकनमा म कहिल्यै पनि सन्तुष्ट हुन सकिन, जब म लेख्थें, राम्रै त लेखें होला भनेर ठान्थे, तर जब साहित्यकारहरुको लेखन पढ्थें, के लेखेको हुँला भनेर सोच्थें र अरुलाई देखाउन या छपाउन अप्ठेरो लाग्थ्यो । तर पनि दाजुभाईहरुले यो त लेख्छ भनेर कहिलेकाही भनेको कुराले उत्साहित बनाउथ्यो, त्यसकारण पनि कहिलेकाही लेख्ने जाँगर चल्थ्यो ।
२०५० सालमा एसएलसी पास भएर राजधानी छिरेपछि पनि लेख्न त लेखिरहें । तर छपाउन अझै पनि गार्‍हो लाग्थ्यो । अब चाहि सम्पादकहरु कहाँ पुग्छुजस्तो पटकपटक लागिरहन्थ्यो, जाने आँट आउदैनथ्यो । अनामनगर बस्थें, नजिकै अनामनगर चोकनेर साप्ताहिक समकालिनको कार्यालय थियो, जनार्दन आचार्य सम्पादक हुनुहुन्थ्यो । त्यहाँ लगेर एउटा कविता छाडें - संसदको अधिवेशनमा नेताले गर्ने ठुला कुरा र एक गरिब बालकको बाध्यतासंग गाँसिएको थियो त्यो । एकदर्ुइ सातापछि त्यो छापियो । निकै खुशी पनि लाग्यो । म पनि लेख्न सक्दोरहेछु जस्तो लाग्यो ।
त्यसपछि धाएरै साप्ताहिक जनसत्ता र नेपालवाणीमा कविता दिएँ, दर्ुइवटैमा छापियो, यद्यपि अहिले ती कविता हर्ेर्ने हो भने आफैंले त्यति राम्रो लाग्दैन । साहित्यकार केशवराज पिडालीको निधन भएपछि पनि उहाँप्रति श्रद्धासुमन व्यक्त गरिएको कविता लेखें र पठाएँ त्यो छापियो । बेला-बेलामा कविता, गीत लेखिंरहे, तर छपाउन दिइन ।
त्यसपछि कथा पनि लेख्न थालें र विस्तारै कविता, गीतभन्दा कथा लेख्न रुचि लाग्न थाल्यो । नेपाल समाचारपत्रमा जागिर खान थालेपछि दर्ुइवटा कथा सौगातमा छापियो । ठ्याक्कै अनुभव भन्नुपर्दा आफैं जागिर खाएको पत्रिकामा कथा छपाउदा त्यो कथा छाप्न लायक थियो या थिएन भन्ने छुट्याउन सकिएन ।
भनसुन प्रवृत्ति
गरिमा या मधर्ुपर्कमा पो छपाउन दिनर्ुपर्छ भन्थे साथीहरु र अग्रज दाजुहरु । कसलाई भन्नुपर्ला र भन्ने ठानेर एकदर्ुइपटक आफैंले पठाएँ, महिनौंं कुरें किन छापिन्थ्यो, छापिएन । त्यसैले समाचारपत्रका दाजु राजेन्द्र पराजुलीलाई 'लौ न दाजु भनिदिनुपर्‍यो' भनें, सायद उहाँले गरिमाका सम्पादकलाई भनिदिएपछि बल्लबल्ल एउटा कथा छापियो, कसैलाई नभनी छापिदा चाहि ए, मेरो कथा रामैं रहेछ भन्न सकिन्थ्यो, भनसुन गरेर, बिन्तिभाउ गरेर छपाएकोमा खुशी महसुस पटक्कै भएन । त्यसपछि त झन् आ, कता चिनेजानेको साथी खोज्दै जानु भनेर छपाउने रहर पटक्कै लागेन, जाँगरै मरेर गयो । किनभने के लाग्यो भने सृजना छपाउन भनसुन गर्नैपर्ने, बिन्तीभाउ गर्नैपर्ने भएकाले त्यसरी छापिएको पनि के मुल्यांकन होला र जस्तो लाग्यो र कतै पनि गएको छ । मनमा केही कुरा उब्जिदा र लेख्ने जाँगर चल्दाका बखत केही न केही कोर्ने गरेको छु, कतै पनि बिन्तीभाउ गर्न नगएकाले मैले लेखेका कथा, कविता कस्ता छन् मुल्यांकन हुने कुरै भएन ।
यो ब्लग शुरु गरेपछि यहाँ पत्रकारितासंग संवन्धित के कुरा राख्ने र भनेर सामग्री राखेको पनि थिइन, तर कवि मित्र पदम गौतमले सुझाएपछि बरु यही ब्लगमा आफ्ना कथा, कविता राख्छु भन्ने लाग्यो र राख्न थालेको हुँ । अब अलि ढुक्क लागेको छ, किनभने आफ्नै ब्लगमा कसैलाई बिन्तीभाउ गर्नु नपर्ने भो भनेर ।
मेरो विचारमा कथा
कुनै वास्तविक घटनाले सार्‍है छोयो भनेपछि त्यसलाई कथामा बुन्न सकिन्छ कि भन्ने लाग्छ । अर्थात् कथाले सामाजिक जीवन, वर्तमान परिवेशका चित्र उत्रनर्ुपर्छ भन्ने ठान्छु म । मैले बुनेका घटना, जुनलाई म कथा भनेर नाम दिने गर्छर्ुुसबैलाई राम्रै लाग्छ भन्ने छैन । लेख्न सार्‍है अल्छी लाग्छ, त्यसकारण कतिपय कथाहरु अपूरा पनि छन्, जसलाई मैले अपूरा कथा स्तम्भमा दिने कोशीस गर्नेछु । कहिलेकाही कविता, गीत पनि कोरेकाले तिनीहरुलाई पनि यहाँ दिनेछ ु

Comments

I know you as an active and promising journalist since list 5-6 years. As a well-wisher, I humbly request you to post investigative in you blog. All the best!

Yam Bahadur Dura

Popular posts from this blog

एमसीसी भर्सेस बीआरआई : दुई महाशक्ति मुलुकको ‘ब्याटलग्राउन्ड’ बन्दै नेपाल

कविता : यो भोटो कसको ?

Kaliprasad Rijal, Senior Lyricist