सुकेको रुख गौरव कोठामा एक्लै बसेर चुरोट पिइरहेको थियो चुरोटको धुवाले कोठा गुम्म पर् यो एकछिन । झ्यालको कापबाट पसेको घामको किरण र धुँवाको जम्काभेट हुदा एउटा अनौठो आकृति बन्यो । गौरबले फु गरेर आकृतिमा धुँवा फाल्यो आकृति रङमङिएर कता बिलायो कता एकछिनसम्म हेरिरह्यो उसले तर अँह आकृति बन्न सकेन फेरि । घरक्क ढोका उघि्रएको आवाज आयो जीवन भित्र पस्यो र सरासर गौरवनजिकै बस्यो । तँ आइस् गौरबले झ्यालमा अल्झिएको धँुवातिर हेर्दै सोध्यो । अँ आएँ अनि तेरो के चाला नि यस्तो चुरोटको धुँवाले टाउकै दुखायो । जीवन यता हेर्- गौरवले एकपटक चुरोटको लामो सर्को लिएपछि झ्यालतिर फाल्दै भन्यो । तर जीवनले उत्तर नफर्काउदैं गौरवले भन्यो-यता हेर् त त्यो झ्यालमा एउटा मान्छे जस्तै बन्यो यो धुँवा । खै वाहियात जीवनले खासै चासो नदिएजसरी भन्यो । ए जीवन ल अब हेर् त्यो मान्छे- गौरबले एकपटक अघि जसरी फुकेर भन्यो- अब मान्छे छैन । जीवन अघिदेखि छक्क परिरहेको थियो गौरवको यस्तो कुरा सुनेर उसले हतपत झ्याल खोलिदियो । झ्यालबाट बिछ्यौनामा न्यानो घाम पस्यो चुरोटको धुँवाको अब कतै कतै शेषमात्र बाँकी थियो । गयो त्यो धुँवा पनि नामोनिसान बाँकी छैन ...
News from Nepal