Skip to main content

यसरी खानुहोस् मासु

काठमाडौं – मासु दशैंको मुख्य परिकार हो । दशैंका बेला सक्ने, नसक्ने सबैका घरमा मासु पाक्छन् । धेरै भएकाहरूका घरमा मासुका विभिन्न परिकार तयार गरिन्छ । भुटेको, झोल हालेको, सुकुटी बनाएको, पोलेको, साँधेको जस्ता विविध परिकार पाक्छन् । मासु कसैले घरमै तयार पार्छन् भने कसैले पसलमा किनेको प्रयोग गर्छन् । तर, बिरामी पशु तथा राम्रो सरसफाइको ब्यवस्था नभएको पसलमा किनेको मासु खा“दा उल्टो बिरामी परिएला भनेर भने चाँहि सतर्क रहनैपर्छ ।
अस्वस्थकर मासुले टाइफाइड, झाडापखाला तथा पेटका समस्या निम्तन सक्ने भएकाले किनिएको पशु तथा मासु स्वस्थकर छ कि छैन भनेर ध्यान पु¥याउनुपर्छ । दशैंतिहारजस्ता चाडबाडका बेलामा बिरामी भएर अस्पताल पुग्नुभन्दा पहिल्यै सतर्क रहनु नै ठीक होइन र ?
सकेसम्म व्यवस्थित बधशालामा काटिएको मासु खानुपर्छ । रोगी, झोक्राएको जस्तो पशुको मासु खानु हुँदैन । फ्रिजमा राखेको र सूक्ष्म जीवाणुबाट मुक्त मासुको प्रयोग गर्नुपर्छ । अस्वस्थकर मासु तथा रोगि पशुको मासु सेवन गर्दा मानिसलाई जुनोटिक रोग बढी लाग्ने सम्भावना हुन्छ । त्यस्ता रोगी पशुपंक्षीको मासु सेवन गर्नाले बर्डफ्लु, स्वाइनफ्लु, एन्थ्राक्सलगायतका जुनोटिक रोग लाग्न सक्छन् ।
अस्वस्थ माछामासुको सेवनबाट क्षयरोग, आउँ, पेट फुल्ने, मिर्गौलाको रोग, क्ओसटियल इन्फेक्सन, फुड पोइजनिङजस्ता समस्या पनि धेरैमा हुने गरेको छ । अस्वस्थकर राँगा, भैँसीको मासु खानाले टेनिया सोडियम, बङगुरको मासुबाट टेनिया स्याकिटेटा नामक जुका र अस्वस्थ माछाको सेवनबाट एच। नाना र अस्वस्थ कुखुराको मासुबाट बर्डफ्लु तथा नपाकेको मासु खानाले दिमागमा स–साना टेपवर्म जाने र पछि मानिसको मृत्युसमेत हुनसक्ने चिकित्सकहरूको भनाई छ ।

वीर अस्पतालका डा. भुपेन्द्रकुमार बस्नेत चाडपर्वको समयमा पशुहरूलाई जथाभावी बध गरी खुल्ला बिक्री गर्ने हुनाले रोग लाग्ने सम्भावना बढी बताउँछन् । उनका अनुसार अव्यवस्थित वधशाला, दुषित पानी, फोहर हातहतियारले गर्दा पनि मासु दुषित तथा अस्वस्थकर हुन्छ । उपभोक्ताले भर्खर काटेको ताजा मासु किन्न चाहन्छन् । फ्रिजमा राखेको मासु सकभर लैजान चाहँदैनन् । तर स्वास्थ्यका लागि भर्खरै काटिएको मासु भन्दा कम्तिमा १२ घण्टा फ्रिजमा राखि चिस्यान गरिएको मासु फाइदाजनक हुन्छ ।
दशैमा धेरै मासु खाने प्रचलन छ । तर, आफ्नो स्वास्थ्यलाई ख्याल गरी मासु खान चिकित्सकहरुले सुझाव दिएका छन् । चिकित्सकहरुका अनुसार अस्वस्थकर मासुको सेवनबाट मात्र नभई भान्सामा बनाइने मासुका परिकारबाट पनि धेरै रोग लाग्न सक्छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा । प्रकाशराज रेग्मीका अनुसार धेरै मात्रामा चिल्लो हालेर बनाइने मासुका कारण मुटुका रोग तथा उच्च रक्तचापका समस्या देखिन सक्छन् भने धेरै दिन सुकाएर राखेको, सुकुटी बनाएको र धेरै तेल र मसला प्रयोग गरेको मासुले स्वास्थ्यमा अनेकौ“ समस्या उत्पन्न गराउँछन् । मासुलाई राम्रोसंग पकाएर वा उमालेर खाने गरेमा फाइदा हुने उनको भनाई छ ।
मोटो शरीर, रगतमा कोलेस्टेरोल बढी, उच्च रक्तचाप, मधुमेह, युरीक एसिड तथा मधुमेह भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ । दशैको बेला मासु मात्र बढी खाँदा कब्जियत हुने सम्भावना बढी हुने भएकाले मासुसँगै फलफुल, सलाद र अन्य खानेकुरा खानु स्वास्थ्यका दृष्टिले राम्रो हुन्छ ।

कसरी छुट्याउने रोगी पशु ?

पशुलाई हेरेरै रोगी र निरोगी छुट्याउन सकिन्छ । अधिकांश पशुले नियमितरुपमा खाएको खाना उग्राउने गरेको पाइन्छ । यदि नउग्राएमा, काम्ने गरेमा, ¥याल चुहाइरहेमा, आ“खाबाट चिप्रा निकालेमा र राम्ररी हि“डडुल गर्न नसकेमा त्यस्ता पशु रोगी मानिन्छन् । यस्ता पशुहरु वध गरेर त्यसको मासु उपभोक्तासामु पु¥याउनु भनेको मानिसलाई मन्द विÈ दिनु जत्तिकै भएको चिकित्सकको भनाई छ ।
जनावर स्वस्थ भए पनि वध गरिसकेपछि सफा पानीले सफा नगर्ने, ढुवानी गराउने साधन उपयुक्त नहुने, मासु राख्ने ठाउ“ सफा नहुने र मासुलाई धूलो र झि“गाबाट जोगाउन रातो कपडाले छोपेर नराख्ने हो भने उक्त मासु अशुद्ध हुने गर्दछ । यस्तो मासुको प्रयोगबाट तात्कालिक असरअन्तर्गत झाडापखाला, हैजा, फुड पोइजनजस्ता असर देखा पर्छन् भने दीर्घकालीन रुपमा ज्यान जान सक्ने रोग लाग्छन् ।
उपभोक्ताले मासु खरीद गर्दा पनि झिँगा नभन्केका, राम्ररी काटिएका, डिफ्रिजमा राखेको मासु ल्याउनुपर्छ । मानिसहरुले नाफा कमाउन रोगी पशु काट्ने गरेका छन् । जसका कारण पशुमा भएका रोग मानिसलाई पनि सर्न सक्छ । जथाभावी रुपमा मासु काट्ने र ढुवानी गर्दा राँगाको मासु सबैभन्दा अस्वस्थकर मानिन्छ । पशु बध गर्नुभन्दा १२ घण्टा अघि पानी खुवाएर राख्नुपर्छ ।
चिकित्सकहरु मासुलाई राम्ररी नपकाउ“दा मासुमा हुने परजीवीहरु नमर्ने र त्यस्तो मासु खा“दा मानिसको मस्तिकलगायत शरीरका अन्य भागमा हानी पु¥याई रोगी बनाउने बताउछँन् । मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रण रहेको हुन्छ । यी पदार्थ मानव शरीरलाई अति आवश्यक हुन्छन् । शुद्ध मासुबाट मात्र त्यो आवश्यकता पुर्ति हुन सक्छ । पोलेको र थोरै समय मात्र पकाएको मासुका परिकार, जस्तो सेकुवा, छोयला र काचो नै खाइने कचिलाजस्तामा रोग लाग्ने कीटाणु जीवितै हुने सम्भावना बढी हुन्छ । चिकित्सकका अनुसार प्रेसरकुकरमा उच्च तापमा राम्ररी पकाएको मासु मात्र खानयोग्य हुन्छ ।
आम मानिसमा छाला पनि खानुपर्छ भन्ने भ्रम छ । तर यथार्थमा छाला खानु भनेको रोग निम्त्याउनु हो । छालामा विभिन्न सिस्ट हुने भएकाले तिनीहरुका कारण मानिसलाई इपिलेप्सि, हिस्टोरीयालगायतका विभिन्न रोग लाग्न सक्छ ।

Comments

Popular posts from this blog

Sanghiya Samajbadi Party formed under Rai

KATHMANDU, NOV 22 - The crusaders of federalism based on single identity on Monday announced the formation of a new party under the leadership of former CPN-UML Vice Chairman Ashok Rai. The new party Sanghiya Samajbadi Party was announced at a programme organised at a function organised at New Baneshwor in the Capital. Most of the leaders and cadres of the new party are from the UML and some are also from the Nepali Congress. The 98-member central ad hoc working committee includes eight vice chairmen, one general secretary, three deputy general secretaries and five secretaries. Bijaya Subba, Durga Mani Dewan, Prem Krishna Pathak, Bir Bahadur Lama, Rakanm Chemjong, Hemraj Rai, Mohammad Rijwan Ansari and Gopal Thakur have been appointed as the vice chairmen for the party whereas Rajendra Shrestha is the general secretary. Likewise, Ajambar Rai Kangmang, Radha Timilsina and Norsang Lama are the deputy general secretaries while Mina Gurung, Horilal Ch

Kaliprasad Rijal, Senior Lyricist

 It's interview time : Moment of interview with Kaliprasd Rijal.His famous songs are, BIHANA UTHNE BITTIKAI, JHAREKO PAT JHAI BHAYO, CHARI LE TA CHHADERA GAIHALI, etc. Most of his songs were sang by Narayan Gopal, famous singer of nepal.  Remembering his old days  Young kaliprasad, with his wife  Searching his old photos  Photo pose with legend lyricist  Kaliprasad in his office IT'S ME