काठमाडौं – मासु दशैंको मुख्य परिकार हो । दशैंका बेला सक्ने, नसक्ने सबैका घरमा मासु पाक्छन् । धेरै भएकाहरूका घरमा मासुका विभिन्न परिकार तयार गरिन्छ । भुटेको, झोल हालेको, सुकुटी बनाएको, पोलेको, साँधेको जस्ता विविध परिकार पाक्छन् । मासु कसैले घरमै तयार पार्छन् भने कसैले पसलमा किनेको प्रयोग गर्छन् । तर, बिरामी पशु तथा राम्रो सरसफाइको ब्यवस्था नभएको पसलमा किनेको मासु खा“दा उल्टो बिरामी परिएला भनेर भने चाँहि सतर्क रहनैपर्छ । अस्वस्थकर मासुले टाइफाइड, झाडापखाला तथा पेटका समस्या निम्तन सक्ने भएकाले किनिएको पशु तथा मासु स्वस्थकर छ कि छैन भनेर ध्यान पु¥याउनुपर्छ । दशैंतिहारजस्ता चाडबाडका बेलामा बिरामी भएर अस्पताल पुग्नुभन्दा पहिल्यै सतर्क रहनु नै ठीक होइन र ? सकेसम्म व्यवस्थित बधशालामा काटिएको मासु खानुपर्छ । रोगी, झोक्राएको जस्तो पशुको मासु खानु हुँदैन । फ्रिजमा राखेको र सूक्ष्म जीवाणुबाट मुक्त मासुको प्रयोग गर्नुपर्छ । अस्वस्थकर मासु तथा रोगि पशुको मासु सेवन गर्दा मानिसलाई जुनोटिक रोग बढी लाग्ने सम्भावना हुन्छ । त्यस्ता रोगी पशुपंक्षीको मासु सेवन गर्नाले बर्डफ्लु, स्वाइनफ्लु, एन्थ्राक्सलग...
News from Nepal