कथा, कविता, गीत कस्तो हुन्छ, कसरी लेखिन्छ पहिलेपहिले थाहा हुने कुरै भएन । एउटा सिर्जना हो, अभिव्यक्ति हो भन्ने महसुस भएन । त्यसैले रेडियो नेपालमा गीत बज्दा त्यस्तै लयको टुक्का या लाइन जोड्ने प्रयास गर्थेंं । आफैंले कविता पनि लेखे्रं, कविता लेखेर एउटा सानो कविता नै भरेकेा थिएँ, तर त्यो न कुनै प्रकाशनमा नै दिएँ, न रेडियोको बाल कार्यक्रममा नै पठाउने आँट गरे । एकचोटी ठुल्दाजुलाई देखाएको थिएँ, कसरी लेखिस् भनेर सोध्नुभयो । प्रशंसा गर्नुभो या के भन्नु भो, अहिले सम्झन्न । त्यो कापी राखिरहेको थिएँ, पछि घर र्सर्ने क्रममा त्यो कता हरायो थाहा भएन, जे-जस्तो लेखेपनि आफ्नो पहिलो सिर्जनाहरु अहिले माया लाग्छ । म कस्तो लेख्छु, के लेख्छु, मेरो मुल्यांकनमा म कहिल्यै पनि सन्तुष्ट हुन सकिन, जब म लेख्थें, राम्रै त लेखें होला भनेर ठान्थे, तर जब साहित्यकारहरुको लेखन पढ्थें, के लेखेको हुँला भनेर सोच्थें र अरुलाई देखाउन या छपाउन अप्ठेरो लाग्थ्यो । तर पनि दाजुभाईहरुले यो त लेख्छ भनेर कहिलेकाही भनेको कुराले उत्साहित बनाउथ्यो, त्यसकारण पनि कहिलेकाही लेख्ने जाँगर चल्थ्यो । २०५० सालमा एसएलसी पास भएर राजधानी छिरेपछि प...